Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पेट पोल्ने समस्याबाट ग्रसित् हुनुहुन्छ ? उपाय पहिल्याउनुहोस्

१ चैत
काठमाडौँ –
पछिल्लो समयमा पेट पोल्ने समस्याले अधिक जनसँख्यालाई दुःख दिएको छ । यसको मतलव पेट पोल्ने समस्या हामी धेरैमा भएको छ । खानपानमा समय नदिनाले वा खाँदा सुरक्षा नपनाएकै कारण यो रोगले धेरैलाइ पिरोलेको छ ।

सामान्यतयाः खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । यहि कारणले दिनभरी नै मानिस स्फुर्त नहुने वा अल्छे हुने वा काममा जाँगर नहुने पीडाबाट ग्रसित छन् । यसैकारण पेट दुख्ने समस्या साझा समस्या भएको छ ।

 के कारण हो पेट पोल्ने ?

पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्सलाई चिकित्सकहरुले प्रमुख मानेका छन् । पेटमा दिन या रातमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा त्यसले पेट पोल्ने हुन्छ । कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ ।

खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा पेट पोल्ने समस्या धेरै देखिन सक्छ ।

  पेट पोल्नेका लक्षणहरु

– मुखमा अमिलो पानी आउने

– वाकवाकी लाग्ने बान्ता हुने

– खान मन नलाग्ने

– दुब्लाउँदै जाने

– दातको रंग बिग्रने

– खोकी लाग्ने घाँटी दुख्ने

    उपचार के हो ?

चिकित्सकको सल्लाह अनुसार बिरामी हिँड्नुपर्ने हुन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा विशेष ध्यान रोगीले पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ ।

उपचारको समय वा पेट पोल्ने समस्यालाई न्यूनिकरण गर्दै लैजानको लागि अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने । भोकै खालीपेट नबस्ने बिहान उठेपछि कम्तिमा प्रसस्त पानी पिउनु आवश्यक छ । यस्तै तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्नु रोगीको हित हुन्छ । चिया, कफी आदि धेरै मात्रामा नपिउने, एकैचोटि धेरै भन्दा थोरै—थोरै धेरैपटक खाने बानी बसाल्नु पर्छ । सुत्नु भन्दा करिब ३ घन्टा अगाडी नै खाना खाने जस्ता कुराहरुमा ध्यान पुर्याउन सकियो भने पेट पोल्ने समस्या घटेर जाने चिकित्सकहरु बताउँछन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE