मन्त्री पद नपाएका मेटमणि चौधरीले फेशबुकमा लेखे यस्तो
२२ आश्विन, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले अहिले को मन्त्री बन्यो ? को मन्त्री भएन ? यो मुख्य विषय नभएको भन्दै मुख्य विषय प्रणाली जोगिएको टिप्पणी गनुर्भएको छ। पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा रहेका चौधरीले मन्त्रीमा आफ्नो नाम सिफारिश नभएपछि सामाजिक सञ्जालमा यस्तो धारणा राख्नुभएको हो ।
उहाँले अहिले संवैधानिक सर्वोच्चता कायम भएको र कानूनी राज्यको स्थापना भएको पनि उल्लेख गनुर्भएको छ । उहाँले दीर्घकालिन चेत राखेर राजनीतिक खुल्ला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लाग मन्त्री पद गौण विषय बन्न जाने पनि उल्लेख गनुर्भएको छ । उहाँले आफ्नो पार्टीबाट मन्त्रीमा सिफारिश भएका सहकर्मीहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।
उहाँले फेशबुकमा लेख्नुभएको छ-
https://www.facebook.com/met.chaudhary/posts/4545208888859403
को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन १ मुख्य बिषय होइन । मुख्य बिषय प्रणालि जोगिएको छ । संबैधानिक सर्बोच्च कायम भएको छ र कानुनि राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने संभावनाको कुरो – प्रतिनिधि सभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दिर्घकालिन चेत राखेर राजनितिको खुल्ला चौरमा प्रबेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौर बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुरो – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहि त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो ।
हामी कठिन मोडमा छौ । यो घडिमा सबैमा धैर्यधारणको जरूरि छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरि छैन । पार्टिलाई अझ सशक्त र समृद्ध बनाँउनु जरूरि छ । पार्टि साइजमा नआँउदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरि देख्दैन । नेपालको लोकतन्त्रलाई सस्थागत गर्ने कुरामा योग्दानको लागि पहल गरौ । यो बिचमा म प्रति धेरै साथिहरूले साहनुभुति राख्नु भएको महसुस मैले गरेको छु । सबै माहनुभाबहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगमि दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा पनि लिएको छु । अन्तमा- मन्त्रीको सिफारिसमा पर्नु भएका सबै माननीय ज्युहरूको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछु ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE