मेरी घरवाली
- जीवन आर्चाय
आज पनि स्कुल गएन छ तिम्रो छोरो ! मैले यहीँ कुरा दैलोमा उभिएर भान्सा घर भित्र व्यस्त भैुरहेकि सन्ध्या लाई सुनाएँ। उसैको बाउलाई गएर भन्नुस्। उसले त्यस्तो भन्दा एकपटक म तिर हेर्न धरि जरुरी ठानिन। म ऊसँग फेरि जिस्किएँ “को हो तिम्रो छोराको बाउ ?”। यसपालि उसले जवाफ मुखले हैन हातले फर्काई। गुन्दै गरेको आटाको डल्लोले मलाई हानी। उसका हात कति सीधा छन्, धन्नैले म तर्की हालें र१। हैन भने झन्डै मेरो निधारमा लागेको। उसको र मेरो मङ्नी भएको दिन मेरा साथीहरूले मलाई भनेका थिए। अझै समय छ केटा भागि हाल। यो केटी तेरो लायक छैने।
“किन लायक छैन ?” मैले सोधेको थिएँ। त्यतिबेला रामेश्वर अघिसरेर बोलेको थियो “छाती छैन, नितम्ब छैन, खाली कमर मात्र छ, फुक्दा ढल्ने भाटो जस्ती छे, सारा बर्मा देश चालेर मेम्यो को मोजोपि जङ्गलमा तँलाई यै केटी मिली ?मैले एउटा लामो सास फेरेर केटाहरुलाई अर्ती उपदेश दिएको थिएँ “तिमीहरूले भनेकि जस्ती हस्ट पुस्ट छाती, गोल आकारको ठूलो नितम्ब भएकी आईमाई सँग एउटा पुरुष बिस्तरमा जरुर तृप्त हुनसक्छ। त्यसको मतलब यो हैन उसको जीवन हाँसी खुशी बित्छ। मलाई ऊसँग बिस्तरमा एकरात हैन यार, जिन्दगी भर साथ साथ जिउनु छ। र, मलाई पूरा भरोसा छ, ऊ मलाई जिन्दगी भर खुशी राख्ने छे।
हाम्रो बिहे भएको बाह्र वर्ष नाघिसक्यो तर सन्ध्या मेरालागि कहिल्यै पुरानी भइने। ऊ सधैं नयाँ लाग्छे मलाई। हिजोको भन्दा आज म उसलाई झन् राम्री देख्छु।हो मैले उसलाई बिहे गरेर ल्याउँदा ऊ साच्चै फुक्दा ढल्ने जस्ती थिइ। सायद उसलाई टाउँजी को हावापानी फाप्यो, ऊ केही महिना पछि नै फेर्रिई। मतलबस् मोटाउँदै आई। नमोटाओस् पनि कसरीरु म उसलाई आफ्नो सानो दरबारमा श्रीमतीको हैन, रानीको दर्जा दिएर राखेको छु। जहाँसम्म मलाई याद छ आजसम्म मैले उसलाई कुनै चीजमा केही कमी हुन दिएको छैन।
आज बिहान म बजार जाँदा उसले मसँग मेहन्दी मगाएकि थिइ। मैले भुसुक्कै बिर्सिएँ। त्यसैले ऊ मसँग निहुँ खोजिरहेकि छे। हैन, रिसाइरहेकि छे। निहुँ त म खोजिरहेको छु ऊसँग। ऊ रोटी पकाउँदै थिइ, म पछाडि बाट गएर आफ्ना दुवै हात उसको कमरमा बेर्दै बोलें “थाहा छ! तिमी रिसाउँदा कत्ति राम्री देखिन्छौ”। भित्रभित्रै त ऊ गद्गद हुँदि हो सायद, तर अभिव्यक्ति अनुहार सम्म आउन दिइने उसले। मैले उसको गर्धन चुमिदिएँ। उसको छाला बाट कमलको फूलको सुगन्ध आएको थियो। उसले मुन्टो बटार्दै भनी “के होला ! काम गर्न पनि नदिने”। “आफ्नै श्रीमतीलाई पनि माया गर्न नहुनेरु” मैले आँखा तरिदिएँ। उसलाई माया गर्ने मुड थिएन सायद, प्रसङ्ग छोरा तिर मोडि “हिजो पनि स्कुल गएको थिएन यो, एस्लाई आएपछि कुट्नु पर्छ”। मैले थप सहमति जनाइनँ। र, इन्कार पनि गरिनँ। उसले सबै गल्ती ममाथि थोपरी “तपाईंले पुल्पुलाउनु हुन्छ त्यै भएर मात्तेको छ यो”। मैले आफ्नो गल्ती ऊ माथि थोपर्न खोजें “सबै गल्ती ममाथि किन पोख्छौरु छोरो त तिम्रो कोख बाट जन्मिएको हो। मेरो कोख बाट जन्मिए पनि रगत त तपाईंको हो नि!“खै१ राम जाने” मैले तल्लो ओठ पल्टाइदिएँ। “रोप्दिन्छु यै छुरीले” उसले तीखो छोरी मेरो भुँडी तिर ताकि।
मलाई डर लाग्यो। तीखो छुरी सँग हैन उसका ती ठुला राता आँखा सँग। सक्दो चाँडै म भान्सा घर भित्र बाट फरार भैुहालें। टिभी अन गरेर सोफामा भर्खर बस्न पाएको थिएँ हिमल दाइको फोन आयो। दाइ सँग फोनमा कुरा गरेर म सोफा बाट उठ्न के लागेको थिएँ, मेरो अगाडि मेरी श्रीमती दुई हात बाँधेर उभिएकि थिई। मानौं ऊ मेरी श्रीमती हैने आमा हो। र, म उसको छोरो बाहिर धुलो खेल्न जाँदैछु।हाम्रा नजर जुध्नासाथ उसले आँखी भौं उचाली। त्यो उसले मलाई ‘कहाँ जानरु’ भनेर सोधेकि हो। ‘दाइले जरुरी काम छ भनेर एकछिन बोलाएका छन्’ मैले नजर अन्यत्र लाँदै भनें। ऊसँग नजर जुधाएर बोल्न सक्ने हिम्मत जो ममा थिएन। “पर्दैन जान, जरुरी काम भए दाइ आफैं घर आउनु हुन्छ” ऊ मेरो छेउमा कुम जोडेर बस्दै बोली। “एक्कै छिन् हो, म गएर आइहाल्छु” म जुरुक्कै उठी हालें। ऊ पनि म सँगसँगै उठ्दै बोली “त्यसो भए ज्याकेट खोलेर जानुस्”। “किन ?”। “मैला भएको छ महोदय, म धोइदिन्छु”। “ह्या ! यत्तिको कै हुन्न, पछी धुदा हुन्छ”। “जान मन छ भने ज्याकेट खोलेर जानुस्, हैन भने नजानुस्”।“उफ् !! आज मारि एस्ले” उसलाई हैन मैले आफूलाई आफैं भनें। र, ज्याकेट खोलेर खल्तीका सबै पैसा झिक्न खोजें। नपाउँदै उसले मेरो हात बाट ज्याकेट खोसिहालि। म आशावादी नजरले उसलाई हेरिरहेको थिएँ, दाइने हात ढोका तिर इशारा गर्दै उसले भनी “जानुस्”।
म उसलाई झूटो मुस्कान दिएर बिदा भएँ। म दाइ कहाँ पुग्दा रामेश्वर, राजन र हिमल दाइ हातमा तास लिएर बसिसकेका थिए। मलाई देख्नासाथ रामेश्वर खुशी हुँदै बोल्यो “ओइ छिटो आइज, तँलाई पर्खि बसेका। म हिमल दाइको छेउमा बस्दै बोलें “दाइ१ दस हजार जति लेउ त, आउने बेलामा सूचि ले सबै पैसा झिकि यार”। दाइले खल्ती बाट फट्टै पाँच हजारका दुइटा नोट निकालेर दिए। भाउजू त्यति नै बेला हातमा चिया लिएर आइपुग्नु हुन्छ। र, मेरो छेउमा चिया र आँखामा प्रश्न राख्नु हुन्छ “हैन यो सू चि भन्ने को होरु म घरिघरि सुनिरहन्छु यो नाम”। हामी चारै जना एकअर्कालाई हेरेर हाँस्यौं। भाउजूको प्रश्नमा मेरो सट्टा राजन बोल्यो “आंग सान सू चि लाई चिन्नु भएको छ”। “किन नचिन्नु, हाम्रो देशकी राज्य सलाहकार” भाउजूले तत्कालै जवाफ दिनुभयो। कुरो बुझ्नु भयो ? राजन हाँस्दै बोल्यो। भाउजूले राजन को कुरो बुझ्न भएन। भाउजूले बुझ्नु भएन भन्ने कुरा दाइले बुझिहाले। अनि भाउजू तिर हेर्दै भने “बुहारीलाई भनेको हो”। आफ्नी दिउरानीलाई त्यसरी बोलाएकोमा चित्त नबुझेको अभिनय गर्दै भाउजू भन्नू हुन्छ हाम्रा नानीलाई कति आउँछ उटुङ्गो।
म सेता दाँत देखाएर फिस्स हाँसिदिन्छु। दाइका पैसा नै फाप्छन् मलाई। खेल अन्त्य हुँदा सबैका पैसा मेरो हातमा थिए। पचास हजार रहेछन्। दाइ सँग दस हजार मात्र लिएको थिएँ तर बीस हजार वापस गरें। के मना गरून् र दाइ१ खुरुक्क समाते। म नगद तीस हजार पैसा बोकेर घर फर्किएँ।म घर पुग्दा साँझ झपक्क परेको थियो। छेउ छिमेकीले साँझ बत्ति बालेर घरमा लक्ष्मी बोलाउँदै थिए। मेरो घरकी लक्ष्मी कालिका को अवतार लिएर बसेकि थिइ, उसको छोरालाई सजाय दिन।भान्जी स्कुल बाट घर फर्केर आइसकेकि रहेछिन्। मेरो छोरो अझै आएको थिएन। भान्जी वसन्त बिदाइमा मामा घर घुम्न भनेर आएकि थिइन्। यो साल नठोजी मा गुरुको अभावले नेपाली स्कुल पढाइ भएन छ। मैले भान्जीलाई यहीँ बसेर नेपाली पढ भन्दै फर्किन दिइनँ। बिहान दिदी भाइ भएर स्कुल सँगै गएका थिए। बेलुका फर्केर भान्जी मात्र आइन्। कहाँ गएछ यो ! मैले भान्जीलाई बोलाएर सोधेँ “भाइ कहाँ गयो भान्जी ?”। “थाहा भएन मामा, खेल्ने छुट्टी भएपछि भाइ, नवीन र रोहन क्लासमा थिएनन्”। भान्जीको जवाफ सुनेर म थोरै निराश भएँ। “अब एस्लाई कहाँ गएर खोज्नि होलारु” म सोच्दै थिएँ। आगनमा टुप्लुक्कै छोरो देखा पर्यो।
सन्ध्या सानो लौरो हातमा लिएर उसको छोरालाई पिट्न गई। म पछाडि बाट “नपिट है छोरालाई” भन्दै थिएँ। उसले छोरालाई एक छडी लगाइ हालि। छोरो दगुर्दै मेरो पछाडि आएर लुक्यो। उसले छोरालाई अझै एक छडी लगाउन खोजि। छोरालाई बचाउनी हुँदा मलाई लाग्यो। मैले दुखेको र रिसाएको अभिनय गर्दै उसका आँखामा हेरें। “छोराको माया लाग्छ हैन, कुटाइ पनि खानुस्” उसले अर्को छडी मलाई लगाउन खोजि। मैले उसको हातको लौरो समातेर भाँचिदिएँ। ऊ अर्को लौरो खोज्दै थिइ, म छोरालाई लिएर कोठा भित्र पसें। अनि कोठाको चुकुल लगाइदिएँ। कहाँ गएको थिइस् मैले छोरालाई झोक्किदै सोधेँ। ढुङ्गो बोल्ला ऊ बोलेन। मैले प्रश्नको ढाँचा बदलें कहाँ गएको थियौ छोरा। तब ऊ बोल्यो “म, नविन र रोहन भएर दोबन नालामा पौडी खेल्न गएका”। बिहान देखि नाला मै पौडी खेलि रह्यौ। हैन, नविनले घर बाट नुन र खुर्सानी ल्याएको थियो नुहाएर आँप बारीमा गएर आँप खाइम्, अनि दिउँसो खेर चउरमा गएर गोला खेलेका। मैले लामो सास फेरें। अनि त्यसपछि छोरालाई प्यार पूर्वक सम्झाएँ। उसले “अबदेखि त्यसरी जान्न बुवा” भन्यो। “पहिलोपटक पनि यसै भनेको थिइस्” मैले थोरै झपारें। ऊ केही बोलेन।
मैले ढोकाको चुकल बिस्तारै खोलें। सन्ध्या भगवान ढोग्दै थिइ। त्यहीँ मौकामा मैले छोराका हात खुट्टा धुइदिएर भान्जी र छोरालाई भात खान बसालें। सन्ध्याले भगवान ढोगेर मलाई आएर ढोगि। मैले उसलाई आशिर्वाद दिएँ। छोरो उसकी आमालाई हेरिरहेको थियो। आमाको मन न हो, छोराको गालामा हात राखेर अनुहार मलिन बनाउँदै सोधि “दुख्यो छोरा ? उसलाई के दुखोस् मलाई दुख्यो मैले आफ्नो हात बताउँदै भनें।“थोरै भयो” उसले भनी। भान्जी र छोरो दुवै हाँसे। बेलुका सुत्ने बेलामा मैले सन्ध्यालाई सोधेँ “एस्ले बर्मा कति मन लगाएर पढ्छ, हमेसा क्लासमा फस्ट आउँछ। नेपालीमा किन रुचि देखाएनरु”। उसले मेरो प्रश्नको जवाफ दिन जरुरी ठानिने। मैले अर्को प्रश्न फेरि तेर्साएँ “म यकसक पाठशालामा संस्कृत पढेको, तिमी डिप्लोमा साहित्य पढेकि, हामी दुवैले नेपाली मन लगाएर पढेका थियौं फेरि किन हाम्रो छोराले नेपालीमा रुचि देखाएन?“मलाई के थाहारु” उसले स्कन्धको साथसाथै आँखी भौं पनि उचालि। “छोरो मेरो त हो हैन ?मैले त्यति हत सम्म गएर उसलाई नजिस्काउनु पर्ने हो। मलाई लागेको थियो अब ऊ मलाई कुट्छे। तर उसले बालै दिइने। केही नबोली कोल्टे परेर सुती।
मलाई निन्द्र लागेको थिएन। घर बाहिर निस्किएर एउटा चुरोट सल्काएँ। र, बरन्डामा गएर बसें चिसो हावा खाँदै। आज माथि एउटा तारा देख्दिनँ, आकाश आफ्नो अनुहार अँध्यारो बनाएर बसेको छ। राति निक्कै ठूलो पानी पर्छ होला ! म एउटा चुरोट सिध्याएर छोरो निदाएको छ कि छैन भन्दै हेर्न गएँ। दिदीभाइ दुवै निदाइसकेका थिए। बिस्तारै ढोका लगाइदिएर म आफ्नो कोठामा गएँ। पन्ध्र मिनेट अगाडि मैले राम्रै छोडेर गएकि मेरी श्रीमती म फर्केर आउँदा रुँदै बसेकि थिइ। म आत्तिएँ, र निक्कै ठूलो स्वरमा सोधेँ “के भयो सन्ध्या ?ऊ केही बोलिने। मैले उसका गालामा हात राख्दै सोधेँ “भुँडी दुख्यो ?उसले जवाफमा आँसु मात्र फर्काइ। “के भयो नभनी मलाई कसरी थाहा हुन्छरु” म यसपालि झर्किदिएँ। तब ऊ रुन्चे स्वरमा बोली “छोराले केही गल्ती गरिसक्दा तपाईं मेरो चरित्रमा प्रश्न उठाउनु हुन्छ”। म प्रतिउत्तरमा मुसुक्क हाँसिदिएँ। अनि भनें “ए मेरी आमा ! जिस्काएको हो “तपाईंलाई आफ्नो छोरो हो जस्तो लाग्दैन भने भन्नुस्, म छोरालाई लिएर घर बाट निस्केर जान्छु”।
त्यति भनेर ऊ केल्टे परेर रुँदै सुति। मैले उसलाई फकाउने कत्ति कोशिश गरें। कति माफी मागें। तर उसको मन पग्लिएन। म हरेस खाएर अर्को तिर फर्केर सुतें। सिरक उसले हडपेकि थिई। तान्न पनि मन लागेन। दराज बाट नयाँ पनि निकालिनँ।राति मलाई जाडो हुन लाग्यो। म काँपिरहेको थिएँ सायद। उसले लाइट अन गरि। म निदाएको थिइनँ तर आँखा पनि खोलिनँ। उसले मलाई आफूले ओडेको सिरक ओडाइ दिएँ। मैले सिरक फ्याँकिदिएँ। उसले फेरि ओडादिइ। मैले फेरि फ्याँकिदिएँ। यसपालि उसले सिरक ओडाइदिएर माथि बाट आफ्नो हात ल्याएर राखि। म ऊ तिर फर्किएर एउटा अबोध बालक झै आफ्नो शिर उसको छातीमा लएर राखिदिएँ। उसले मलाई एउटा सुतले झै कसेर अंगालोमा बेरि। मलाई उसको अंगालोमा न्यानो मात्र हैन गर्मी हुन लाग्यो। मैले उसको छाती बाट शिर हटाएर सिरानीमा लएर राखें। ऊ मलाई राता एकजोर आँखाले हेरिरहेकि थिइ।
मैलें अनुहारलाई सक्दो मलिन बनाएर भनें “सरी१ अब देखि त्यसरी जिस्काउँदिनँ”। “पक्का?” “पक्का” “कसम?” “कसम”“तपाईंको हैन, मेरो”। “तिम्रो कसम” उसको शिरमा हात राख्दै मैले भनें। उसले मेरो भुँडीमा एक मुक्का हानि। मलाई दुख्यो, एया१ भनेर चिच्याउनै लागेको थिएँ। उसले मेरो मुख थुन्दिएँ। र, गालामा चुम्बन दिए झै गरेर कडप्पै टोकि। ऊ मलाई हेप्न पाएर हाँसिरहेकि थिई, मैले उसको मुखमा आफ्नो मुख लएर थुन्दिएँ। उसले सिरक गोडा मुनि फ्याँकि दिई। र, आफ्नो एक हात मेरो गालामा र अर्को हात गर्धनमा ल्याएर राखि। मैले बिस्तारै हात पछाडि लगेर उसको चौबन्दी को तुना खोलिदिएँ। आकस्मिक बाहिर आकाश गड्याङ गुडुङ गर्यो। र, तीव्र गतिमा हावा र हुन्डरी एकै साथ चल्यो। कोठा भित्र टेवल माथि राखिएको फूलको गमला भुइँमा खस्छ। अनि, कोठाको लाइट आफैं आफ झ्याप्प निभ्छ।
(लेखक म्यानमारमा बसेर कला साहित्यमा कलम चलाउछन्)
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE