वर्षापछि खुलेको काठमाडौंबाट यस्तो देखियो हिमाल (फोटोफिचर)
१० बैशाख, काठमाडौँ – पछिल्ला दिनमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा हुँदै आएको छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहीबार बिहान केही घण्टासम्म वर्षा भएको थियो । 
यो वर्षासँगै काठमाडौं उपत्यकाको वायुमण्डल सफा देखिएको छ । धुलो, धूवाँ तथा अन्य प्रदूषणले गर्दा काठमाडौं उपत्यकाका वायुमण्डलमा प्राय तुवाँलो लागिरहेको हुन्छ । लामो समयसम्म वर्षा नहुँदा, आसपासका जंगलमा डढेलो लाग्दा प्रदूषण उच्च भएका केहीदिन पहिले काठमाडौ उपत्यकाको वायुमण्डल पूरै तुवाँलोले ढाकेको थियो । काठमाडौँ विश्वकै नम्बर १ प्रदूषित सहर बनेको थियो ।
वर्षाले वायुमण्डलमा रहेको धुलो तथा धूवाँका कणलाई पखालेपछि उपत्यका खुलेको हो। उपत्यका आसपासका हिमाल पनि पूर्णरुपमा खेलेको देखिन्थ्यो ।

शुक्रबार बिहान काठमाडौँको चुच्चेपाटीबाट लिइएका तस्बिरमा काठमाडौं उपत्यका र यस आसपासका हिमालहरू निकै खुलेका देखिए । 

तस्वीर : मनिष रञ्जन बराल
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE