Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेपाली टिम डीआरएस गेमिङ पबजी प्रो लिज दक्षिण एसियाको शीर्षस्थानमा

नेपाली टिम डीआरएस गेमिङ पबजी प्रो लिज दक्षिण एसियाको शीर्षस्थानमा

२८ जेठ, काठमाडौं– नेपाली पब–जी टिम डीआरएस गेमिङ पब–जी मोबाइल प्रो लिज दक्षिण एसिया च्याम्पिएनसिप २०२१ को शीर्ष स्थानमा पुगेको छ । डीआरएस गेमिङ पहिलो दिनको खेलपछि शीर्ष स्थानमा पुगेको हो ।

डीआरएसले ६ वटा खेलबाट ३८ किल हासिल गर्दै १०३ पोइन्टकासाथ पहिलो स्थानमा रहेको छ । यस्तै मंगोलियाको अस्त्र एकेडेमी ९८ अंकसहित दोस्रो स्थानमा छ।
यसैगरी तालिकाको तेस्रो स्थानमा रहेको डेडआइज गाइजको ६२ अंक छ । डेडाइज गाइजका ६ खेलाडीमध्ये पाँच जना नेपालका छन् भने एक जना भने बंगलादेशका छन्।
यस्तै नेपाली खेलाडीहरु नै रहेको पीएस क्रू ५३ अंकसहित सातौं स्थानमा छ भने नेपाली टिम हाइभोल्टेज ३९ अंकका साथ नवौं स्थानमा छ।

यस्तै, नेपाल, बंगलादेश र श्रीलंकाका खेलाडी सम्मिलित टिम सेभेन सी स्पोर्ट्स् ३४ अंकसहित १० औं स्थानमा रहेको छ। ११ औँ स्थानमा नेपाली टिम ट्रेन्ड टू किल २६ अंकका साथ कायम रहेको छ ।

प्रतियोगिताका दक्षिण एसियाका विभिन्न १६ टिमको सहभागिता रहेको छ।

कुल एक लाख ५० हजार अमेरिकी डलर (एक करोड ७५ लाख रुपैयाँ) पुरस्कार राशीको उक्त प्रतियोगितको विजयी टिमले ४० हजार डलर (४६ लाख ७३ हजार रुपैयाँ) हात पार्ने छ।

यस्तै दोस्रो हुनेले २८ हजार (३२ लाख ७१ हजार रुपैयाँ), तेस्रोले १८ हजार (२१ लाख रुपैयाँ) र चौथोले १० हजार अमेरिकी डलर (११ लाख ६८ हजार रुपैयाँ) पाउनेछन् । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरलाई दुई हजार डलर पुरस्कार दिइने आयोजकले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE