Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

४ साउन, काठमाडौं– प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित पर्साबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगंज महानगरपालिका–१९ बर्वाबाट ७९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ५५ वर्षीय अमेरिका सहनी, सोही ठाउँ बस्ने ४० वर्षीय बरिष्टर सहनी र ५२ वर्षीय राम आदेश सहनी रहेको प्रहरीले जनाएको छ ।

ना. १ ब ३५९५ र ना. ६२ प १९४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले जाँच गर्दा ना. १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्समा उक्त वस्तु फेला पारी सोही मोटरसाइकलका चालक अमेरिका सहनी र ना.६२ प १९४२ नम्बरका मोटरसाइकल चालक बरिष्टर र सोही मोटरसाइकलमा सवार राम आदेशलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE