नेपाली कांग्रेस जिल्ला अधिवेशन : ओखलढुंगामा खनाल समूह हाबी हुँदै
२८ कार्तिक, काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४औँ महाधिबेशनको संघारमा छ।केही जिल्लामा कृयाशील सदस्यता विवाददेखि वडा नगर अधिवेशनसम्म भएको छैन । तथापि महाधिवेशनको सरगर्मी अत्यन्तै बढेको देखिन्छ।
शेरबहादुर देउवा, बिमलेन्द्र निधी, कल्याण गुरुङ लगायतका केन्द्रीय नेताहरुबीच पार्टी केन्द्रीय सभापतिको लागि कडा प्रतिस्पर्धा हुँदै गर्दा पार्टी युवा नेताहरु प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र गगन थापा केन्द्रीय महामन्त्रीको दाबेदारको रुपमा रहेका छन्।यसपटकको केन्द्रीय महाधिबेशन संगसंगै जिल्ला अधिबेशनको राजनीतिक माहोलसमेत अत्यन्त तातेको छ।
यसैबिच अधिकांश जिल्लाहरुमा धेरै प्रतिस्पर्धात्मक वातावरण नदेखिएता पनि ओखलढुंगा जिल्ला भने केही भिन्न देखिएको छ । शहिद पुत्र बालकृष्ण दाहाल र कुनै समय जिल्लाका सर्बमान्य स्थानीय नेता भोजराज खनाल पुत्र तेजेन्द्र खनालकाबीच जिल्ला सभापतिका लागि कडा टकराव रहेको छ। दाहाल सानै उमेरदेखी गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा हुर्के बढेका र लामो समय गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिब समेत रहेकाले पटक पटक पार्टी शक्ति केन्द्रित पदमा रहँदै हाल जिल्ला सभापतिमा उमेदवारी दिएका हुन भने खनाल २०४६ साल नेपाल विधार्थी संघको जिल्ला कमिटिबाट राजनीतिक यात्रा सुरु गर्दै बिभिन्न समयमा ने बि संघ महेन्द्र रत्न क्याम्पस अध्यक्ष, ने बि संघ जिल्ला अध्यक्ष,१२ औँ महाधिवेसनमा ओखलढुंगाको जिल्ला सचिब हुँदै १३ औँ महाधिवेशनमा जिल्ला उपसभापती पदमा निर्वाचित भई पार्टीको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएर हाल १४ औँ महाधिबेशनमा जिल्ला सभापति पदका लागि दाबेदारी पेश गरेका हुन।
ओखलढुंगा जिल्ला राजनीतिक हिसाबले नयाँ भने पक्कै हैन । स्वर्गीय बलबहादुर राई, गोपाल रार्इ जस्ता इमानदार, जनप्रेमि नेता लगायत बिभिन्न समयमा सहादत प्राप्त गरेका शहीदहरुको रगतले सिन्चित यस शहीदभुमीमा पछील्लो समयका नेपाली राजनीतिका
चम्किला नक्षेत्र रामहरी खतिवडा, प्रदिप सुनुवार, दान ब. बानियाँ, खिलानाथ दाहाल ,रुद्र अधिकारी, बेद ब। रोक्का,अशोक कार्की, जि।स।स। सभापति जय ब। श्रेष्ठ र तन मन लगाएर स्थानीय जनताको लागि जिल्लामै रहेर हरदम खटिरहने तेजेन्द्र खनालजस्ता युवा नेतृत्वकर्ता रहनुले यस जिल्ला नेपाली कांग्रेसको किल्ला रहनेमा दुई मत छैन।
दाहाल प्यानलबाट उपसभापतिमा कमल तामाङ र शान्तिराज खड्काको उमेदवारी रहेको छ भने सचिब पदका लागि बिनोद के सी र राजाबाबु किरातीको उमेदवारी रहेको छ।त्यसैगरी सहसचिबमा उज्जन बुढाथोकी र टेक ब. बुढाथोकीको उमेदवारी रहेको छ । वडा तथा पालिका अधिबेशनमा केही क्षेत्रमा राम्रै नतिजा हात परेपनी दाहाल पक्षको पकड क्षेत्र मोलुङ गाउँपालिकामा उनी निकट उम्मेदवार पराजित हुनुले सांगठनिक मजबुती तथा आन्तरिक समन्वयको कमी झल्काएको छ।
खनाल प्यानलमा भने केन्द्रीय नेता रामहरी खतिवडाको साथ सहित उपसभापतिमा भुपेन्द्र बस्नेत र नवराज केसी ,सचिव पदमा अजय लुइँटेल र राजकुमार ढुंगाना त्यसैगरी सहसचिब पदका लागि प्रदिप बानियाँ र भोजकुमार श्रेष्ठको उमेदवारी रहेको छ। वडा तथा पालिका अधिबेशनमा आठओटै स्थानिय तहमा बिजय प्राप्त गरेको खनाल समुह जिल्ला अधिबेशनमा पनि सकारात्मक नतिजा आउने कुरामा विश्वस्त देखिन्छ।
तुलनात्मक रुपमा हेर्ने हो भने यसपटक खनाल समुह बलियो देखिएको छ । भुगोलमा भिजेका जनप्रेमी स्वच्छ छबी भएका जिल्ला सभापतिका साथ बिद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेस पार्टी, तरुण दलको बाक्लो उपस्थिती र केन्द्रिय राजनीतिमा समेत दख्खल राख्ने उर्जावान ६ जना कार्यसमिती पदाधिकारी पुस्ता हस्तान्तरणको संबाहक बन्न सक्ने बलियो संभावना रहेको छ।
प्यानलगत हिसाबले लगभग जित सुनिश्चित भईसक्दा पनि पार्टिको आन्तरिक चुनावलाई लक्षित गरी सामाजिक सन्जाल लगायतमा आइरहेका अनर्गल प्रचार, अनावश्यक होहल्ला र अतिरंजित समाचारबाट टाढै रहेको यस समुहले ने का ओखलढुंगाको राजनीतिमा मौलाउँदै गएको दुषित बातावरणलाई सफाइ गर्ने सम्भाबना बलियो रहेपनी आकांक्षा अनुरुप पद प्राप्त नभएपछी दाहाल प्यानलको समर्थनमा जोडतोडले जुटेका तरुण दलका केही पदाधिकारीहरुको सामाजिक सन्जालका पोस्टहरु लाई आधार मान्ने हो भने केही ब्यक्तिहरुले त दाहाल समुहको बिजय समेत घोषणा गर्न भ्याइसकेका छन।
यस बिषयमा खनाल निकट मानिने युवा नेता भन्छन, ‘वास्तवमा औँला भाँचेरै गणना गर्ने हो भने पनि हामी करीब ४०० मतले अघि छौँ तथापी हामी होहल्ला ककटेल पार्टी गर्दै भ्रम छर्ने पक्षमा छैनौँ । एउटै पार्टीमा हामी भोलि पनि सहकार्य गरेर अघि बढ्नुपर्ने भएकोले सौहार्दपूर्ण बातावरणमा प्रतिस्पर्धात्मक तवरले चुनाव सम्पन्न गराउ बाँकी मतगणना पछि थाहा भईहाल्छू।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE