बागमती प्रदेश प्रमुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ३ मन्त्रीद्वारा राजिनामा
१० पुष
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । बिकास निर्माण ,जन सेवा र शुसासन कायम गर्दै प्रदेश सरकारको महत्त्वलाई स्थापित गर्दै अगाडि बढ्नु पर्नेमा सुस्त रहनु पुग्नुमा मुख्य मन्त्री स्वायममा दिशाबिहिन , निर्णय बिहिन रहेको प्रदेश सरकारमा सम्लग्न मन्त्रीपरिषद सल्लाह सुझाव ,पाटीको संसदीय दलको सुझाव बेवास्ता गर्दैअगाडि बढेको आरोप लगाइएको छ।
मुख्य मन्त्रीको कारण जनता प्रति सरकार जवाफ देहिबिहिन बन्दै जान लागेको कारण यहि नेतृत्वमा प्रदेश सरकारले जन अपेक्षा अनुसार गर्न नसक्ने भन्दै ३ मन्त्रीले राजीनामा दिनुभएको हो ।
राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिराम जम्कट्टेल, उद्योग,बन ,पर्यटन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक बिकास मन्त्री युबराज दुलाल रहनु्भएको छ ।
सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE