Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

डण्डा देखाएर पार्टी र मुलुक चल्दैन, केपी ओलीले बुझून् : खनाल

८ बैशाख, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाएका छन् । केन्द्रीय कमिटी बैठकको निष्कर्षअनुरूप दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपछि आक्रोशित बनेका वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको सीमा नाघेको बताउनु भयो ।

“हामी सुरुदेखि नै पार्टी एकताको पक्षमा छौँ । उहाँले (ओलीले) नै पार्टी अध्यक्षको दुरुपयोग गरेर जथाभावी गरिराख्नुभएको छ,” उहाँले भन्नुभयो, “पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन्छौँ । हामी पार्टी एकताकै पक्षमा छौँ ।”

उहाँले नेताहरूलाई स्पष्टीकरण सोध्ने कृत्य पार्टीलाई विभाजन गर्ने, विघटन गर्ने मनशायबाट प्रेरित भएको पनि टिप्पणी गर्नुभयो ।

“अनुशासनको कारबाही गर्नु तर्साउने कुरा हो । ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन । पार्टीमा सबैको योगदान छ । कोही पार्टी आन्दोलन छाडेर भाग्नेवाला पनि छैन,” उहाँको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE