ओलीलाई जवाफ दिँदै प्रचण्डले भने : केपीजी ! देख्नुभयो, विरोध कस्तो हुन्छ ?
२८ माघ
काठमाडौँ – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध प्रदर्शन र सभा कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्ड–नेपाल समूहको माघ ९ गतेको सभामाथि व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले २३ गतेको सभामा देखाइदिने बताएका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले सभा र विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आजको सभालाई हेर्न आग्रह गरेका हुन्।
‘केपीजी ! देख्नुभयो, विरोध कस्तो हुन्छरु प्रदर्शन कस्तो हुन्छ ?’, उनले भने।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE