Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ब्राउनसुगरसहित एक पक्राउ

ब्राउनसुगरसहित एक पक्राउ

९ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषध सहित बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मधुबन नगरपालिका–५ गाउँ बस्ने २२ वर्षीय किरण थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले लागूऔषधको ओसारपसार भइरहेको सूचनाको आधारमा उनलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE