दिपक मनाङेले लिए मन्त्रीको सपथ
९ जेठ, काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिनुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गर्नुभएको थियो । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिनु भएको थियो । तर, मनाङे काठमाडौं भएकोले सपथ लिनु भएको थिएन । मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मनाङेलाई सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलोपटक मन्त्री बनाउनु भएको थियो । मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएको १० दिनमा राजीनामा दिएपछि उहाँको दश दिनमै पद गएको थियो ।
सपथ ग्रहणपछि कुरा गर्दै मन्त्री गुरुङले प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय नयाँ संरचना भएकोले मन्त्रालयलाई प्रशासनिक रुपमा चुस्त राख्न पहिलो प्रयास हुने बताउनु भयो । यसैगरी प्रदेशको खेलकुदलाई अझै व्यवस्थित बनाउँदै आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्दै आवस्यक भौतिक पूर्वाधार लगायतका कामलाई अगाडी बढाउने उहाँले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE