Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शिवपुरीमा यसरी मनाईयो गोरु जुधाई

  • मनिष रञ्जन बराल

काठमाडौँ – माघेशक्रान्ति अबसरमा नुवाकोटको शिवपुरीमा गोरु जुधाई प्रितियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३ हल गोरु जुधाईएको थियो । शिवपुरी गाउँपालिकाको संयोजकत्वमा र शेराबगर विकास समाजद्धारा आयोजित उक्त कार्यक्रमा विशिष्ट अथितिको रुपमा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु के सी , कलाकारहरु शेरम थापा , रामहरी भण्डारी , सानु के सी , प्रतिमा अर्याल ,मन्जु गौतमलगायतका उपस्थिति रहेको थियो ।

गोरु जुधाई प्रतियोगिताममा शिवपुरी गाउँपालिकाबाटै ३ हल गोरु ल्याएको अभियान आर्चायले जानकारी गराउनुभएको छ । प्रतियोगितामा प्रथम, दृर्तिय र तृर्तियलाई क्रमश रु १५हजार, १०हजार र ५हजार पुरस्कार राखिएको थियो ।

शिवपुरीको शेराबगरमा भएको गोरु जुधाइमा प्रथम विजेता गोरु धनीले रु १५ हजार प्राप्त गरेका थिए । ज्ञान बहादुर तामाङ र देब बहादुर तामाङका दुई गोरुले नै उत्कृष्ट प्रदर्शन गरेकाले गोरु धनीहरूको समझदारीमा २ गोरुलाई नै प्रथम घोषणा गरी पुरस्कार प्रदान गरिएको थियो । यी गोरुले लगातार २८ मिनेटसम्म जुधेर उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै दोस्रो बनेको गोरु धनी तिलक बहादुर बखती ले रु १० हजार प्राप्त गरे । बखती को फुर्के गोरुले २० मिनेट जुधेर राम्रो प्रदर्शन गरेको थियो । तेस्रो बनेको गोरु धनी लव थापाले रु ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे।यस गजुवा गोरुले ८ मिनेट सम्म जुधेर मनोरञ्जन प्रदान गरेको थियो।

गोरु जुधाउने कार्यक्रम सगै लोकदोहोरी, स्थानीय साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकलाई थप मनोरञ्जन प्रदान गरिएको थियो। साथै कलाकार , गोरु बिजेताहरुलाई सम्मान गर्दै उक्त कार्यक्रम सम्पन्न भएको आर्चायले सवाल मिडियालाई बताएका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE