Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

नेकपा विवाद मिलाउन राष्ट्रपति पुनः सक्रिय, बैठकमा माधव नेपाल पनि राखौं : प्रचण्ड

स्थायी कमिटी बैठकयता राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई तीनपटक भेटवार्ता

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरुका एक्लाएक्लै वार्ताले निकास दिन नसकेपछि बिहीबार माधव नेपालसहितको बैठक बस्दैछ । बुधबार दुई अध्यक्षको छलफलको अन्त्यतिर पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनभएको थियो । उहाँहरूसमेतको छलफलले निचोड निकाल्न नसकेपछि आजको बैठकमा नेपालसमेत सहभागी हुन लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । आज तीन जना नेता बस्दै हुनुहुन्छ । निकास निकाल्नुहोस् भनेर हामीले दबाब दिइरहेका छौं । सबै पक्ष गम्भीर बने निकास परको कुरा होइन, राष्ट्रको समस्या, मुलुकबासीको चाहना र अहिलेको वस्तुगत आवश्यकता लाई ध्यानमा राख्ने हो भने निकास निस्कन्छ । नेता गजुरेलले भन्नुभयो । नेकपा स्रोतका अनुसार बिहीबारको छलफलमा नेता नेपाललाई राख्न प्रचण्डले नै जोडबल गर्नुभएको हो । उहाँले केही दिनअघि नै संवादमा नेता नेपालाई जोड्न खोज्नुभएको थियो तर, ओलिले रुचि देखाउनु भएको थिएन । बिहीबारको छलफलको लागि बालुवाटारबाट नै बोलावट भएको नेता नेपाल पक्ष बताउँछ ।
बुधबारसम्म ६ पटक ओली प्रचण्डबीच एक्लाएक्लै वार्ता भइसकेको छ । दुई दिनमात्रै अरू नेता बैठकमा सहभागी थिए । दुई अध्यक्षबीच विषयमा टेकेर विभिन्न विकल्पमाथि छलफल भएको छ । यसबीचमा प्रचण्डले बहुसङ्ख्यक स्थायी कमिटी सदस्यको माग र आवाजलाई ध्यानमा राखेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडिदिन आग्रह गर्नुभएको छ । तर, ओली पुरानै रटानमा छहुनुन्छ ।
राष्ट्रपतिको सक्रियता
पार्टीभित्रको विवाद सघन बनेपछि शीतल निवास सक्रिय भएको छ । स्थायी कमिटी बैठकयता राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई तीनपटक भेटवार्ता गरिसक्नुभएको छ । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाईसमेत शीतल निवासमा बोलाएर मिलेर अगाडी बढ्न सुझाव दिनुभएको छ । गत शनिबार नेता नेपाललाई छुट्टै बोलाएर छलफल गरेको स्रोतको दाबी छ । शनिबार पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसमेतलाई लिएर शीतल निवास पुगेका नेता नेपाललाई विभिन्न विकल्पसमेत देखाएर मिल्न दबाब नै दिनुभएको थियो । ओली र नेता नेपाल नमिले पार्टी बरबाद हुने भन्दै तिक्तता त्यागेर एक हुन भन्नुभएको हो ।
तर, राष्ट्रपतिसँगको भेटमा नेता नेपालले विधि, पद्धतिकै पुराना कुरा दोहो¥याएको उनी निकट नेता बताउँछन् । राष्ट्रपति भण्डारीले अहिले तेस्रो अध्यक्ष मानेर जान र महाधिवेशनपछि पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादसहित पार्टीको नेतृत्व लिन अनुरोध गरेको बुझेका छौं । तर, नेता नेपालले अहिले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै बन्न नखोजेको र बरु ओलीले विधिको पालना नगरेकाले समस्या निम्तिएको कुरा राख्नुभएको स्रोत जनाएको छ । बरु नेता नेपालले राष्ट्रपतिलाई ओलीलाई सम्झाउन आग्रह गर्नुभएको थियो । अध्यादेश ल्याउने र पार्टी विभाजन गर्नेतिर नलागुन् भन्ने भावनाले नेता नेपालले भनेको कुरा स्रोतले उद्धृत ग¥यो, अहिलेको परिस्थितिअनुसार ओली दुवै पदमा बस्न उपयुक्त छैन । प्रधानमन्त्रीजीलाई सम्झाइदिनुहोला । यसबीचमा नेता नेपाललाई महासचिव विष्णु पौडेलसमेतले भेटेका छन् । उनले पनि पार्टी बरबाद हुने भयो, नेताहरू नमिल्दा पार्टी र आन्दोलनलाई क्षति पुग्ने भयो, समन्वकारी भूमिका खेल्नुप¥यो भन्दै मिलेर जान आग्रह गरेका थिए । महासचिव पौडेलको हैसियतलाई राम्ररी बुझेका नेता नेपालले धेरै कुरा सुनेको र ठोस जवाफ नदिएको स्रोतको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE