पुनःस्थापित संसदको बैठक साउन ३ गते साँझ ५ बजेभित्र बोलाउन आदेश
पुनःस्थापित संसदको बैठक साउन ३ गते साँझ ५ बजेभित्र बोलाउन आदेश
२८ असार, काठमाडौं– संसद पुनःस्थापनाको फैसला सुनाउँदै सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गतेभित्र बोलाउन आदेश दिएको छ ।
अदालतले संसद अधिवेशनका लागि सो दिन ५ बजेभित्रको समयसीमा तोक्दै आदेश दिएको हो ।
आदेश जारी गर्दै सर्वोच्चले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ ।
बहुमत सहितको दाबी लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मध्यराती संसद विघटन गरिएपछि सर्वोच्चमा संसद पुनस्थापनाको माग गर्दै रिट परेको थियो ।
उक्त रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन परमादेश जारी गर्दै रिट परेको थियो ।
सर्वोच्चले संसद विघटन असंवैधानिक भएको ठहर गर्दै दोस्रोपटक पुनःस्थापना गरेको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE