केपी शर्माओलीले बोलाए एमाले संसदीय दलको बैठक
१२ चैत
काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
“बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छु, भट्टराईले भन्नु भयो । बालुवाटारमा हुने संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरू उपस्थित हुनेरनहुने टुङ्गो छैन। बालुवाटारमा हुने बैठकमा सहभागी नहुने नेता नेपालले बताउँदै आएका छन्।
“उहाँहरू पनि आउनुहुन्छ। प्रधानमन्त्रीले दललाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रयास गर्नुहुन्छु, भट्टराईले भन्नु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE