मेसीले चाहेनन् नेइमारको जर्सी खोस्न, पीएसजीमा मेस्सीलाई ३० नम्बर जर्सि
२६ साउन, एजेन्सी – खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ । र, पिएसजीमा पनि लियोनलस मेसीका हकमा यस्तै भइरहेको छ ।
हुन त मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी नै छ । तर, अहिल्यै जर्सी नम्बरको चर्चा सुरु भइसक्यो । स्रोतका अनुसार पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी लगाउन अफर गरिरहेको छ ।
नेइमारले पिएसजीमा १० नम्बरको जर्सी लगाउँछन् । यसअघि मेसी क्लबमा आएमा आफ्नो जर्सी उनलाई दिने घोषणा नेइमारले गरेका थिए । तर, मेसी आफ्नो सार्थीको जर्सी खोस्न चाहदैंनन् र उनले यो प्रस्ताव अस्विकार गरिसके ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE