Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरे

१० असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को असंवैधानिक कदम चालेको भन्दै विभिन्न पाँच विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले काठमाडौँको प्रदर्शनी मार्गलगायत देशका विभिन्न ठाउँमा सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले माधवकुमार नेपाल समूह निकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र जनमोर्चा निकट अखिल छैठौंले आज बिहीबार सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीका हरेक कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएर संविधान रक्षा गर्ने कर्तव्यबाट च्यूत भएर राष्ट्रपतिले नै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE