Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठम्याइ, पूर्वमाओवादीहरुले दिएको निवेदन खारेज

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठम्याइ, पूर्वमाओवादीहरुले दिएको निवेदन खारेज

२७ असार, काठमाडौं– नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठम्याएको छ ।

आयोगमा पुष्पकमाल दाहाल नेतृत्वको नेकपा माओवादीमाथि प्रश्न गर्दै दर्ता भएका निवेदन र दाबीलाई खारेज गर्दै आयोगले उक्त पार्टी वैधानिक रहेको ठहर गरेको हो ।

आजको बैठकले उक्त पार्टीले संवैधानिक र कानुनी शर्त पुरा गरि दर्ता कायम रहेकोले पार्टीको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको आयोगका प्रवक्ता रामकुमार श्रेष्ठले बताउनुभयो ।

आयोगको निर्णयमा माओवादी केन्दले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा विद्यमान अस्तित्व वैधानिक रहेको ठहर गरिएको बताइएको छ ।

त्यस्तै आयोगले अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको निवेद, पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी अस्वीकार गरेको छ।

त्यस्तै, भविश्वर पराजुलीले माओवादी केन्द्र आफू मातहत रहेको भनी दिएको निवेदन पनि आयोगले खारेज गरेको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको समेत देखिएकोले सचेत गराउने निर्णय भएको आयोगले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE