Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति कोरोना संक्रमितको उपचारर हुँदै ?

४ असोज
काठमाडौं – काठमाडौं उपत्यकाक अस्पतालहरुमामा भर्ना भएर उपचार गराउने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका २२ वटा अस्पतालमा गरी २ हजार बढी कोरोना संक्रमित उपचाररत छन् । १ हजार ९ सय १५ जना आइसोलेसन, १ सय १० आइसियु र ३३ जना भेन्टिलेटरमा गरी २ हजार ५८ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२२ अस्पतालमध्ये नेपाल प्रहरीमा अस्पतालमा मात्र ४ सय ४६ जना संक्रमित छन् । कुल संक्रमितमध्ये ४ सय ४२ आइसोलेसन र ४ जना आइसियुमा छन् । नेपाल प्रहरी अस्पतालपछि इचंगु नारायण आइसोलेसन सेन्टर रानीवनमा सबैभन्दा धेरै ४ सय ३२ जना संक्रमित उपचाररत छन् । कीर्तिपुर आयुर्वेद अस्पतालमा १ सय ७० जना आइसोलेसनमा छन् । यस अस्पतालमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् ।

सशस्त्र अस्पतालमा १ सय ४३ आइसोलेसन, ११ आइसियु र ५ जना भेन्टिलेटरमा गरी १ सय ५९, वीर अस्पतालमा ९२ आइसोलेसन, ८ आइसियु र १ भेन्टिलेटरमा गरी १ सय १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ८८ आइसोलेसनमा, ६ आइसियु र १ जना भेन्टिलेटरमा गरी ९५, महेश मनमोहन अस्पताल दहचोकमा ६१, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३० आइसोलेसन, १८ आइसियु र ५ भेन्टिलेटरमा गरी ५३ जना संक्रमित उपचाररत छन् ।

त्रिवि शिक्षण अस्पतालमा ७८ आइसोलेसन, ६ आइसियुमा र ३ भेन्टिलेटरमा गरी ८७ जना, काठमाडौं मोडल कलेज दुवाकोटमा ६२ आइसोलेसन, ३ आइसियु र भेन्टिलेटरमा गरी ६७, धुलिखेल अस्पतालमा २९ आइसोलेन, १ आइसियु र ३ जना भेन्टिलेटरमा गरी ३३ जना उपचाररत छन् ।

श्री वीरेन्द्र अस्पतालमा ७२ आइसोलेसन र १८ आइसियु गरी ९०, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १३, खरिपाटी आइसोलेसन सेन्टरमा ८०, स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र काभ्रेमा २, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा ६, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा १३ आइसोलेसन, ४ आइसियु र ५ भेन्टिलेटरमा गरी २२, मेघा अस्पतालमा ४० आइसोलेसन, ७ आइसियुमा, १ भेन्टिलेटरमा गरी ४८ जना जना संक्रमित छन् ।

यस्तै, स्टार अस्पताल ललितपुरमा १८ आइसोलेसन, २ आइसियु र २ भेन्टिलेटरमा गरी २२ जना, ह्याम्स अस्पतालमा २७ आइसोलेसन, १३ आइसियु र ३ भेन्टिलेटरमा गरी ४३, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसोलेसन, ९ आइसियु र २ भेन्टिलेटरमा गरी २६, कान्ति बाल अस्पतालमा ३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE