प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
७ कात्तिक, काठमाडौं – प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE