एमसीसी सम्झौता प्रचण्डले गिजोलेको बास्कोटाको आरोप :
५ आश्विन, पोखरा – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाउनुभएको छ।
प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर प्रचण्डले गिजोलेको आरोप लगाउनुभएको हो ।
एमसीसीको सम्झौता गर्या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले रु त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उहाँले भन्नुभयो, ‘पदमा हुँदा एउटा कुरा गर्या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्या’छ । केपी ओली हुँदा एउटा कुरा गर्या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?
प्रचण्डकै कारण एमसीसी सम्झौता संसदमा पेश हुन नसकेको उहाँले बताउनुभयो । तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको उनले टिप्पणी गर्नुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोज्दा सभामुखले रोकेको पनि बास्कोटाले बताउनुभयो ।
‘कृष्णबहादुर महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उहाँले भन्नुभयो ।
अहिले एमसीसी सम्झौता पारित गर्न सत्तारुढ दललाई एमालेको सहयोग नचाहिने पनि बास्कोटाले ‘हामीतिर फर्किनै पर्दैन । उहाँहरुको १ सय ६५ सिट छ । झन्डै २ तिहाइ छैन त रु गरे भइहाल्यो नि एमसीसी’ उहाँले भन्नुभयो । एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताउनुभयो ।
‘पहिले उहाँहरुले ल्याउनुस्, त्यसपछि हामी पढौंला, त्यसका जम्मै बुँदाबुँदा केलाउँला ।‘सेनाले परेड खेल्नी हो कि रु बिजुलीको प्रशारण लाइनमात्रै बनाउने हो कि ? भारतको अनुमति किन चाहिनुपर्ने हो वा किन नचाहिनुपर्ने हो रु त्यो कुरा त छलफल गरौंला नि ! ’ उहाँले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE