Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE