एमसीसी उपाध्यक्ष सुमारको ४ दिने भ्रमण आज टुङ्गिदै : के निस्कियो निष्कर्ष ?
२७ भदौ,काठमाडौँ-अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फतिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज (आइतबार) स्वेदश फिर्ता हुँदैछिन्। बिहीबार एमसीसी कार्यान्वयनबारे छलफलका लागि नेपाल आएकी उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबाहेक अन्य नेताहरुबाट उनले एमसीसीबारे स्ष्पट धारणा पाइनन्। प्रधानमन्त्री रहँदा आफूले एमसीसी पारित गर्न महत्वपूर्ण भूमिका खेलेको भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष सुमारसँग भेटमा भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले उपाध्यक्ष सुमारलाई नेपालको हितअनुकूल भएको अवस्थामा एमसीसी पारित गर्ने भेटमा भनेका छन्।
यसैगरी चार दिने भ्रमणमा उपाध्यक्ष सुमारले अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाललगायतसँग पनि भेटघाट गरेकी छन्। उनीहरुबाट पनि उपाध्यक्ष सुमारले ‘हेर विचार गरेर’ एमसीसीको कदम चाल्ने जवाफ पाएकी छन्।
समग्रमा राजनीतिक दलका शीर्ष नेताहरुबाट उपाध्यक्ष सुमारले एमसीसी कार्यान्वयनबारे ‘हुन्छ’, ‘हुँदैन’ भन्ने स्पष्ट जवाफ पाइनन्। उनको चार दिने नेपाल भ्रमणका क्रममा राजनीतिक दलका संगठन, विद्यार्थी र युवाहरुले एमसीसीबारे विरोध प्रदर्शन गरे।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE