Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एमालेको स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक बस्दै

१५ असार, काठमाडौं– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

यस्तै एमालेले वुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।

एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक डाकेको हो ।

पार्टीले गठन गरेको महाधिवेशन आयोजक कमिटी सर्वोच्च अदालतले अवैधानिक भनेपछि उक्त कमिटी भंग गर्ने एमालेको तयारी रहेको बुझिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE