Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मकवानपुरबाट अफिमसहित एकजना पक्राउ

८ आश्विन,मकवानपुर  – प्रहरीले २ किलो १०० ग्राम लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ भैसेका २१ वर्षीय राजन मुक्तान रहेका छन् ।

आज बिहान ९ बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE