सार्वजनिक यातायातमा नयाँ नियम, मास्कबिना प्रवेश निषेध
७ बैशाख, काठमाडौँ – काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलवार बसेको बैठकले मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो।
मंगलवार यातायात व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। संक्रमण बढ्दै गएपछि सोमबार मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गराउने निर्णय गरेको थियो।
अब सवारी साधन दैनिक रुपमा ‘स्यानिटाइज’ गरेर मात्रै सञ्चालन गर्नुपर्ने बताउनु भयो। चालक र सहचालकले पनि मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने छ। यससँगै मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न दिन पाइने छैन।
बैठकमा यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने गाडीको भाडा बढाउन माग गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारीले सिट क्षमता भन्दा बढी यात्रु नचढाउन मात्रै भनेकाले भाडा बढाउने भन्ने कुरा नहुने बताएका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE