केपी ओली इतिहासकै खलनायक बने : पम्फा भुषाल
९ माघ
काठमाडौं – नेकपा प्रचण्ड-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । देशभरका विभिन्न जिल्लाबाट भित्रिएका नेकपा नेता कार्यकर्ताले कारण आज काठमाडौंका सडक भरिभराउ भएका छन्।
शक्ति प्रदर्शनपछि भएको सभामा बोल्दै नेकपा नेतृ पम्फा भु्षालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक वैदेशिक शक्तिको आडमा प्रतिगामी को बलमा पार्टी विभाजन गरी संविधान र सहिदका रगतमाथि ‘कुु’ गरेर विश्वासघात गरेको आरोप लगाइन् ।
स्थायी कमिटी सदस्य समेत रहेकी नेतृ भुषालले केपी ओली इतिहासकै खलनायक बनेका आरोप लगाइन् उनले भनिन्, ‘केपी ओली इतिहासकै खलनायक बने, त्यसकै विरुद्ध आन्दोलन गरिरहेका छौँ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE