Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

२२ पुष
काठमाडौं –
बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट (बी ११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विशवविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ ।

बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिएपनि तीनजनामा मात्र एसजिन नेगेटिभ देखिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE