Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

हस्ताक्षर बुझाउन ठाकुर पक्षलाई एकसाता

२६ जेठ, काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ। जसपामा सरकारको समर्थनमा रहेको ठाकुर पक्ष र सरकारको विपक्षमा रहेको उपेन्द्र यादवपक्षले एक अर्कालाई कारबाही गर्दै आधिकारीकतामा विवाद देखिएका बेला ठाकुर पक्षको मागबमोजिम एक साताको समय दिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्कासन गरी दर्ता कितावमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए। सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए।

दुवै पक्ष एकअर्कालाई कारवाहीमा उत्रिएपछि आयोगले पत्र लेख्दै दुवै पक्षको कानून बमोजिमको प्रक्रिया नपुगेकाले यादवलाई राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसुची १८ बमोजिमको निवेदन पेश गर्न र ठाकुरलाई बहुमत केन्द्रीय पदाधिकारीहरूको हस्ताक्षर ल्याउन भनेको थियो।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE