Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

नेता नेपालले दिए केपी ओलीलाई महाराजधिराजको संज्ञा

नेता नेपालले दिए केपी ओलीलाई महाराजधिराजको संज्ञा

८ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

आज पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले ओली अझै परिवर्तन नभएको बताए ।

कार्यक्रममा बोल्दै नेता नेपालले, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’ भने ।

नेता नेपालले आफूले एकता चाहेको बताउँदै एकतामा असर पुग्ला भनेर आफूले यसअघिका दुई सम्बोधनमा ख्याल गरेर बोलेको बताए । उनले भक्तपुरमा पिपुल्स भोलन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको बताए ।

उनले कोटेश्वरमा आफ्नो निवास अगाडि राती मोटरसाइकलमा पन्ध्र बीस जना बसेर तर्साउन खोजेको पनि बताएका थिए । तथापी आफू त्यस्तो प्रवृतिबाट नतर्सिने नेता नेपालले बताए ।

नेता नेपालले ओलीले पार्टीको विधीलाई उल्लंघन गर्दै कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा नेता नेपालले यसअघिपनि कम्युनिष्ट पार्टीमा विवाद र समस्या आएको बताउँदै यस्ता विषयमा थुप्रै छलफल गरेको बताए । सिद्धान्तको बारेमा छलफल गरेको बताउँदै नेपाली कम्युनिष्ट आन्दोलनको उकाली ओराली पार गर्दै अगाडि बढेको नेता नेपालले बताएका थिए ।

कम्युनिष्ट पार्टी कस्तो हुने भनेर विवाद भइरहेका बेला चीनको कम्युनिष्ट पार्टी धेरै माथि पुगेको उदाहरण दिए । उनले विश्वभरका पुँजीवादीहरुको चीनको समाजवादी ब्यवस्था चम्किरहेको देखेर चकित परिरहेको नेता नेपालको टिप्पणी थियो ।

कम्युनिष्ट आन्दोलन गफले मात्रै अघि नबढ्ने र बन्दुकले पनि कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने उल्लेख गर्दै समाजवादबाट भागेर जंगलमा गएर मात्र पनि कम्युनिष्ट आन्दोलनको रक्षा नहुने नेता नेपालले बताएका थिए ।

पुष्पलालको विचारधारालाई स्मरण गर्दै नेता नेपालले आफू बदलिए मात्रै समाजलाई बदल्न सकिने बताउँदै कुनैपनि व्यवस्था सक्षम र प्रभावकारी नभएको बताएका थिए ।

उनले धर्मेन्द्र बास्तोलामा अझै युद्धको धंगधनी रहेको बताउँदै समस्यामा रहेका जनतालाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका थिए । क्रान्तिकारी भाषणले मात्र जनताको मन जित्न नसकिने बताउँदै उनले भने, ‘कुराले च्युरा भिज्दैन, च्युरा भिजाउन कि दही कि दुध चाहिन्छ । पार्टीमा वैचारिक समस्या के छन्, नेपालको समाज परिवर्तन गर्न के समस्या छन्, यसको समाधान खोजेर अघि बढ्नुपर्छ ।’

नेता नेपालले अरु देशमा कम्युनिष्ट पार्टी हराएर गएपनि नेपालमा जनताले कम्युनिष्टलाई माया गरेको बताउँदै कम्युनिष्ट आन्दोलन जोगाइराख्नु चुनौती र चिन्ताको विषय भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE