Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढी

कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढी

२० जेठ, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा ५८२५ जनाको आरटी पीसीआर विधिबाट संक्रमण पुष्टि भएको हो भने १००० एन्टिजे विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

यस्तै निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ रहेको छ। हालसम्म कोरोना संक्रमण बाट नेपालमा ७ हजार ६ सय ३० जनाको मृत्यु भएको छ ।

आज मात्रै ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE