Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अशक्तलाई घरमै नागरिकता

३ असार, रामेछाप – नागरिकता प्रमाण पत्रका लागि सदरमुकाम मन्थलीको जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने अशक्तलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिका ५ निवासी ओमवहादुर श्रेष्ठलाई शुक्रबार उनकै घर पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

वडा कार्यालयले सवै कागजात सहित जिल्ला प्रशासनमा निवेदन गरेको आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाण पत्र जारी गरी सुनारपानीमा पुगेर हस्तान्तरण गरेको हो ।वडा अध्यक्ष रबिन कार्की (नविन) का अनुसार प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले अशक्त श्रेष्ठलाई कार्यालयमा ल्याउन असहजता हुने कुरा वुझेर टोलीनै सुनारपानी पठाईदिएको वताए । उनले नागरिकता पाएपछि श्रेष्ठ अव सामाजिक सुरक्षा भत्ताका लागि योग्य भएको वताए ।

WRITE COMMENTS FOR THIS ARTICLE