रवीन्द्र मिश्रले भने – उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर
१६ जेठ, काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ – ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ।’
केहीदिन पहिले कोरोना संक्रमित भएका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि देश बिदेशमा रहेका नेपालीहरुले ५० लाख रुपैया सहयोग गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE