Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

काठमाडौँ उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने

२६ साउन, काठमाडौँ – उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।

काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो बिहीवारदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञामा अत्यावश्यकबाहेकका नीति तथा सार्वजनिक गाडीहरू बेलुका आठ बजेपछि सञ्चालन गर्न रोक लगाएका हुन् ।

यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन ।

थपिएको निषेधाज्ञा आउँदो भदौ आठ गतेसम्म रहनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE