सभामुखमाथि हाम्रो आशंका छ : सुवास नेम्वाङ
२९ भदौ, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएको छ । उहाँले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै आफूहरूले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताउनुभयो।
सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको समेत उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ। सभामुख जीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरू पुछ्नुस् ।’
उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गनुभएको हो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE