Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

झापाको बीएण्डसी हस्पिटलका एक डाक्टर र ११ जना नर्समा कोरोना पुष्टि

२२ भाद्र 

बिर्तामोड – झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

सङ्क्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरूको बाहिरी कुनै सम्पर्क नरहेको अस्पताल स्रोतले जनाएको छ ।

सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ । यसैगरी, आइतबार झापामा थप ३१ जनामा कोरोना पुष्टि भएको हाे ।

कनकाई नगरपालिका९३ की ४५ वर्षीय एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको र मेचीनगरमा पाँच जना, बिर्तामोडमा स्वास्थ्यकर्मीसहित १५ जना, कमलमा ११ जना थप नयाँ कोरोना सङ्क्रमित भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE