चालू अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
१७ चैत्र
काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभालाई जनसरोकार वा अन्य महङ्कवपूर्ण कामै नदिई सरकारले चालू अधिवेशन अन्त्य गर्ने तयारी अघि बढाएको छ।
वैशाखमै बजेट अधिवेशन शुरु गर्नुपर्ने कारण देखाउँदै सरकारले जारी बैठक तत्काल स्थगन गर्ने तयारी अघि बढाएको हो। एमाले संसदीय दलका प्रमूख सचेतक विशाल भट्टलाईले संसद् विघटनका कारण हिउँदे अधिवेशन ढिलो शुरु भएकाले वैशाखमै वर्षे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागिएको बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै संसद् बैठक अन्त्य गर्ने विषयमा राष्टझपति र सभामुखसँग पनि छलफल गरिसक्नु भएको बताइएको छ। संसद्लाई कामै नदिइकन अन्त्य गर्ने तयारीप्रति विभिन्न दलका नेताहरुले भने आपत्ति जनाएका छन्।सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते पहिलो बैठक बसेको पुनःस्थापित संसद्को अहिलेसम्म पाँचवटा बैठक बसिसकेको छ।
पहिलो बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच संवैधानिक परिषद्सम्बन्धी अध्यादेश टेबल भयो। दोस्रो र तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारितमै सीमित भयो। चौथो बैठकमा दलीय प्रतिनिधित्वको आधारमा संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले सम्बोधन गरे। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE