Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

सरकारले क्रिश्चियन धर्मलाई बढावा दिएको विश्व हिन्दू महासंघको आरोप

क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले मंसिरमा १४ गतेदेखि १७ गतेसम्म काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाइएको छ।

समिटको विरोधमा विश्व हिन्दू महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समिट विफल बनाउन अपिल गरेको छ। महासंघले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्ने जनाएको छ।

विश्व हिन्दू महासंघ अन्तराष्ट्रियका कार्यवाहक अध्यक्ष प्रमोद चौरसिया कार्यक्रमको सहआयोजकबाट नेपाल सरकारको नाम हटाइए पनि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यक्रम यथावत राख्नुले जनतामा भ्रम मात्र छरेको पुष्टि भएको दाबी गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार सहआयोजकको भूमिकामा नरहेको भने ता पनि प्रधानमन्त्री लगायतका विभिन्न मन्त्रीहरुको संलग्नता र पूर्वनिर्धारति कार्यक्रम यथावत रहेकाले आँखामा छारो हाल्ने काम भएको प्रमाणित भएको छ।’

कार्यक्रमको आयोजक ‘युनिभर्सल पिस फेडेरेशन’ नामक आइएनजिओ रहेको छ। कार्यक्रममा ‘हाम्रो समयको संवेदनशीलताः चुनौती, स्वतन्त्रता, सामूहिक समृद्धि र विश्वव्यापी मान्यता’ भन्ने विषयवस्तुमाथि छलफल हुने आयोजकले वितरण गरेको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ।

महासंघका कार्यवाहक अध्यक्ष प्रमोद चौरसियाले धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताए।

उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागि परेको आरोप लगाए। चौरसियाले भने, ‘नेताहरुले दोहोरो चरित्र देखाएका छन् । बाहिर हिन्दू भने पनि भित्रभित्रै पैसा खाएर क्रिश्चियनको प्रचारमामा लागेका छन्।’

विवाह पञ्चमीमा जन्तीको नेतृत्व गर्दै आउन लागेका उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्य नाथको विरोध गर्नु हिन्दू धर्मकै विरोध गर्नु सरह भएको महासंघको तर्क छ। यस्तै विश्व हिन्दू महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले क्रिश्चियनले दिएको पैसा खाएर आदित्य नाथको नेपाल आवागमनको विरोध नेताहरुले गरेको बताउँछिन्। आक्रोशित हुँदै भण्डारीले भनिन्स् ‘योगी आदित्यनाथ आउँदा विरोध किनरु पैसा खाएर योगीजीको विरोध गरिएको होरु हाम्रा लागि उहाँभन्दा ठूलो पाहुना अरु हुन सक्दैन।’ उनले कम्युनिष्टको धर्म नै क्रिश्चियन भएकाले सरकारमा पुगेकाहरुले हिन्दू धर्मप्रति अदृश्य रुपमा आक्रमण गरेको आरोप लगाइन।

सरकारले क्रिश्चियन धर्मलाई बढावा दिन समिटकालागि भन्दै काठमाडौंमा यातायातका लागि जोर विजोर प्रणाली लागू गरेको महासंघले आरोप लगायो। उसले आम नागरिकलाई सास्ती दिने यस्तो प्रणाली लागू नगर्न समेत सरकारलाई आग्रह गरेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE