कविता-याद
कविता
याद
उ बेला स्कुलमा
गुरु आमाले
याद गर्न दिनुहुन्थ्यो,
धेरै कोशिस गर्दा पनि
कति यादहरु छुटिजान्थे,
आउँदै नआउने,
म खुब कोशिश गर्थें
आउँदैन्थ्ये,
अहँ आउँदै आउदैन्थ्ये
तर,
आज त्यै याद
खुब आउँछ
आउँछ आइरहन्छ
अझै आउँछ
झन आउँछ
कति आउँछ आउँछ
कोशिश गर्छु
कोशिशहरु गर्छु
कति गर्छु–गर्छु
सक्दिन, सक्दै सक्दिन
हिजो पनि सकिँन
आज पनि सक्दिन
फरक छ हिजो र आजमा
हिजो याद गर्न सकिन
आज याद भुल्न सकिन

विष्णु भण्डारी
जाजरकोट, हाल धनगढी
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE