विवादित ‘एसपीपी’बारे संसदीय समितिमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिले जवाफ दिने
समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मासँग पनि जवाफ माग्ने
३ असार, काठमाडौँ -पछिल्लो समय विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे शुक्रबार संसदीय समितिमा छलफल हुने भएको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिनुहुने छ ।
छलफलका लागि परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिको बैठकस्थलमा पुग्नु भएको छ । समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मासँग पनि जवाफ माग्ने छ ।
एसपीपीबारे संसद भित्र र वाहिर चर्को आवाज उठेको थियो । यसबारे छिमेकी राष्ट्र चीनले समेत चासो दिइरहेको छ । गत बुधबार नेपालमा रहेको अमेरिकी राजदूतावासले एसपीपीमा सहभागी हुन नेपाली सेनाको प्रस्ताव स्वीकृत भएको भनि विज्ञप्ती जारी गरे पछि यो विषय झनै पेचिलो बनेको हो । तर, सोही दिन नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै एसपीपीमा अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको जनाएको थियो । त्यसको भोलिपल्ट नै बिहीबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भयो । यसले नेपाली सेनालाई नै अप्ठेरोमा परेको छ ।
एकपछि अर्को विवादास्पद अभिव्यक्ति र दाबीहरु बाहिरिएपछि यसबारे छलफल गर्न संसदीय समितिले सम्बन्धितलाई बोलाएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE