वामदेवले प्रचण्डलाई खुमलटारमै भेटेर गरे प्रधानमन्त्रीको प्रस्ताव
१३ फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता साझेदारीका बिषयमा प्रस्ताव अघि बढाएको भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नै पार्टीलाई एक गराएर प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु भएको छ ।
बिहीवार विहान खुमलटार पुगेका गौतमले प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नु भएको हो । भेटमा गौतमले चलाइरहेको नेकपा एकता अभियानका विषयमा समेत चर्चा भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गर्नु भयो ।
गौतमले ओलीलाई सम्मानजनक पार्टी र सरकारबाट विदाइ गर्नुपर्ने बताउनु भएका छन्। भेटमा उहाँले ओली असफल भइसकेकाले उहाँ पदमा बस्न नहुने धारणा राख्नु भएको भयो । त्यसबारे आफूले ओलीसँग पनि छलफल गरेको गौतमले बताउनु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE