नेप्सेमा दोहोरो अंकको ‘करेक्सन’, कारोवार रकममा उल्लास कायमै
नेप्सेमा दोहोरो अंकको ‘करेक्सन’, कारोवार रकममा उल्लास कायमै
२६ जेठ, काठमाडौं– साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ । सुरुवाती पहिलो घण्टा देखि नै तीव्र उतारचढाव देखिएको बजार १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको हो ।
बजार घटेपनि कारोबार रकममा भने उल्लास कायमै छ । आज दिनभर कुल १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । आज नेप्सेमा कुल १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज सर्वाधिक कमाउनेमा नेपाल इन्स्यारेन्सका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।
यस्तै युनाइटेड मोदी हाइड्रोपावरक कम्पनी, रिढी हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा धेरै कमाएका छन् ।
यता धेरै गुमाउनेहरुमा युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE