Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

शव बाकसमा सुत्दा आयू लम्बिने विश्वासका साथ शव राख्ने बाकसमा सुतेर विवाह

२ माघ
एजेन्सी –
एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए । दुलाहा तानापात्पुरिन सामाङ्निती र दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए ।

शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE