उद्यमी युवा च्यालेन्ज भर्चुअल प्रतियोगिता सम्पन्न, लेक्लेकः द ग्रीन वेभःले जित्यो १ लाख रुपैँया
काठमाडौँ, १७ असोज । ब्लिन्क भेन्चर्स डट कम र ग्लोबल पीस फाउन्डेसन नेपालले सञ्चालन गरेको उदमी युवा च्यालेन्ज भर्चुअल प्रतियोगिता सम्पन्न भएको छ । शान्ति, वातावरण र पर्यटन विषयक अन्तर्राष्ट्रिय सम्मेलन २०२० को एक हिस्साको रूपमा ६ महिनाअघि सुरु भएको उद्यमी युवा च्यालेन्ज यात्रालाई सफल बनाउन अनलाइन भिडियो कन्फेरेन्सबाट भर्चुअल प्रतियोगिता गरेका थिए ।
प्रतिष्पर्धीहरुले निर्णायक मण्डल तथा सहभागी सामु उद्यम सम्बन्धी आआफ्ना अवधारणाहरू प्रस्तुत गर्नुका साथै विज्ञहरुसँग प्रश्नोत्तर र छलफल कार्यक्रम र स्फूर्तिदायक स्टान्डअप हास्यव्यंग्य पनि राखिएको थियो ।
कार्यक्रमलाई फेसबुकमा प्रत्यक्ष प्रशारण र जुममार्फत सञ्चालन गरिएको थियो । कार्यक्रम अनलाइनबाट भर्चुअल माध्यमबाट सञ्चालन गरिएको भएपनि प्रतिष्पर्धी तथा दर्शक सहभागीहरूको उत्साहमा कुनै कमी आएन । उद्यम सम्बन्धी अवधारणा प्रस्तुत गर्ने समूहमध्ये तीनउत्तम अवधारणा विजेता र उपबिजेताघोषित भए ।
प्रतियोगितामा लेक्लेकः द ग्रीन वेभः विजेताले १ लाख रकम हात पोको छ । लेक्लेकले प्लास्टिकको लागि दीगो विकल्पहरू खोज्न र स्रोतहरू पुनर्लाभ गर्ने, दोस्रो स्थानमा च्याउ.बायोः पचासहजार राशी हात पारेको
कृषि सहउत्पादनबाट घरको इन्सुलेशन गर्ने सामग्रीहरू निर्माण र तेस्रो स्थान ओगट्न सम्सारा क्रेएसन पच्चीस हजार हात पारेको छ । सम्सारराले काठमाडौंमा ठोस फोहर व्यवस्थापन समस्यालाई पुन–उपयोगयोग्य साम्रगी उत्पादनहरूका साथ सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो उद्यम सोच प्रस्तुत गरेको थियो ।
ग्लोबल पीस फाउन्डेसनका अन्तर्राष्ट्रिय उपाध्यक्ष डेभिड क्यापराको उद्घाटन मन्तव्यका साथ कार्यक्रमको सुरुवात भयो । उहाले आफ्नो मन्तव्यमा कोरोनाको यो महामारीमा पनि यहाँहरुको उद्यमशिलताको उत्साह र देशप्रर्ती केहि गर्ने चाहनाले आफ्नो जिवनको कोसेढुङाको रुपमा सृजनसिल व्यवसायिक योजनाहरु यहाँहरुले प्रस्तुत गरेको बताउनु भएको थियो । प्रतिष्पर्धाको अन्तिम चरणसम्म पुग्न सफल प्रतिष्पर्धीहरु सबैलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा वरुण सराफ (एमडी, चार्टर्ड होटेल), डा क्लेरेन्स ट्यान (सहसंस्थापकः एपिकहब) र सुरेश सिंह बुडाल (सीईओ, पाटा नेपाल च्याप्टर) थिए । कार्यक्रमका आयोजकहरूले “कोभिड–१९ को युगपछिको दिगो व्यापार“ मा तीन विशेषज्ञ वक्ताहरूः जितिनमुन्सी (संस्थापकः नेक्स्ट माइलकम्पनी), ओजस्वी वैद्य (ट्रेजर) र दीपकराज जोशी (पूर्व सीईओ, नेपाल पर्यटन बोर्ड) संग विशेषज्ञ छलफल आयोजना गरिएको थियो ।
आयुषश्रेष्ठको स्टाण्ड अपप्रदर्शन, प्रतिष्पर्धाका बिजेता घोषणा र ग्लोबल पीस फाउन्डेसन नेपालका कार्यकारी प्रमुख रामरोहन पन्तको धन्यवाद मन्तव्यका साथ औपचारिक रूपमा अन्त्य भयो ।
कार्यक्रममा विभीन्न देशका करिब असि जना उद्यमी, लगानीकर्ता र अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।
विजेताहरूले लगानी प्रवद्र्धन पुरस्कार (सिड मनी) आआफ्ना अवधारणालाई अघि बढाउन उपयोग गर्नेछन् र अन्य प्रतिष्पर्धीहरूले पनि उद्यम सम्बन्धी आआफ्ना अवधारणालाई अघि बढाउन, अझ परिमार्जन र विकास गर्नका लागि कार्यक्रमबाट सिर्जना गरिएको नेटवर्कको लाभ उठाउन सक्नेछन् ।
“जब अन्य व्यवसायीहरूले लक डाउनका कारण आफ्ना व्यवसायमा ताला लगाइरहेका छन्, यी उद्यमीहरूले गत ६ महिनामा उनीहरूको व्यवसाय सुरू गर्न कडा मेहनत गरेका छन् । यो गर्न अदम्य साहस र जोश चाहिन्छ ।“ ब्लिंक भेन्ंचर्सका सीईओ थ्रीजा डोले भनिन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE