Date
बुध, बैशाख २४, २०८२
Wed, May 7, 2025

अख्तियारमा भ्रष्ट्राचार हुनु कुनै नौलो कुरा होइन : पूर्व प्रमुख आयुक्त उपाध्याय

भष्ट्राचार छानबिन र कारबाहीका लागि सिफारिस गर्ने संबैधानिक अधिकार प्राप्त सर्वोच्च निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको खुलासा भयाे। नेपाल इन्जिनिरिङ क्याम्पसको बिवाद मिलाइदिने आश्वासन दिएर पाठकले ७८ लाख घुस लिएको खुलासा भएकाे छ । यितबेला अख्तियारको छबि माथि नै प्रश्न उठेको छ । अब आयोग माथि आयुक्त पाठकलाई कारवाही गरेर छबि सुधार्नेे अर्काे एउटा बसर  बाँकी छ । यसै सन्दर्भमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायसंग भुपेन्द्र बहादुर भण्डारीले कुराकानी गर्नुभएकाे छ । प्रस्तुत छ उपाध्यायसंगको कुराकानीको सम्पादित अंश :

  • भष्ट्राचार छानबिन र कारबाहीका लागि सिफारिस गर्ने संबैधानिक अधिकार प्राप्त सर्वोच्च निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त आफै भष्ट्राचारमा संलग्न हुनुलाई कसरी हेर्नुभएको छ ?

यो राम्रो हुँदै होइन, संबैधानिक अधिकार प्राप्त संबैधानिक आयोगका आयुक्त घुस प्रकरणमा मुछिनु र प्रमाण समेत सञ्चार माध्यममा आउनु अबश्य पनि गलत भएको छ । त्यत्ति बेला नियुक्त गर्नेहरु (तल्कालिन शुशिल कोइरालाको सरकार)ले प्रमुख आयुक्त (लोकमानसिंह कार्की) देखि आयुक्तसम्म नियुक्त गरे, त्यतिबेला नियुक्त भएका प्रमुख आयुक्त पनि बिवादमा परे । सर्वोच्च अदालतले नै अयोग्य ठहर ग¥यो । प्रमुख आयुक्त पदमुक्त हुँदा देखि विवादमा परेका पाठकको पनि त्यति बेला नै नियत खराब देखिएको थियो । अहिले आएर सार्वजनिक भयो । यो बिलकुलै ठिक होइन ।

  • राजनीतिक नियुक्ती आफैमा गलत प्रक्रिया हो त ?

राजनीतिक नियुक्ती स्वयम् अनौठो बिषय होइन । तर उनीहरुले सबै पक्ष बिचार गरेर निर्णय गर्नुपर्छ । नियुक्तिमा राजनीतिक भागबन्डा हुन्छ । भागबन्डा पनि ठुलो कुरा होइन । इमान्दारीता र स्वच्छताको कुरामा बिगतलाई हेरेर नियुक्त गरिनुपर्दथ्यो । राजनीतिक अस्थाको आधारमा नियुक्त गरिनु हुदैन ।

  • राजनीतिक नियुक्ति कै बलमा पाठकको मनोबल उच्च भएका कारण घुस लिन अग्रसर भएका हुन् ?

यसले पक्कै पनि प्रश्न उठाएको छ । यसले के ग¥यो भने ती सबै मान्छे जस्ले अख्तियारमा ब्यक्ति नियुक्त गर्दछन् । उनीहरुलाई जो पायो त्यही र जस्तो पायो त्यस्तो ब्यक्ति नियुक्तको परिणाम हो भन्ने प्रष्ट पा¥यो । उसले गरेको काम, उसको बिगत, जनताको त्यस ब्यक्ति प्रतिको धारणा सबै कुरा नबुझि राजनीतिक आस्थाका आधारमा नियुक्त गर्दा यस्तो परिस्थीती हुन्छ । यस्तो किसिमको घटना बाहिरिँदा नियुक्त गर्ने समुहलाई नै आक्षेप आउने अबस्था आयोे । त्यसैले पहिला नियुक्त गर्ने समुह उत्तरदायी हुनु प¥यो ।

  • यस घटनाले ब्यक्ति राजनारायण पाठककको मात्र नभएर पात्रका रुपमा हेर्दा अख्तियारको छबिमा नै असर पार्याे नि होइन ?

भष्ट्राचार जहाँ र जुनसुकै ठाउँमा पनि हुन्छ । अख्तियारमा भयो भनेर यो कुनै नौलो कुरा होइन । बिदेशका उदाहरण हेर्ने हो भने पनि थाइल्याण्ड, बंगलादेश, मलेसिया पनि भष्ट्राचार हेर्ने निकायमा यस्ता खालको क्रियाकलाप भएको छ । यो नौलो कुरो होइन । तर अख्तियारलाई ठूलो च्यालेन्ज आएको भने पक्का हो । ब्यक्ति बदमास हुन सक्छ तर संस्था डग्मगाउँदैन । अब यसरी पत्ता लागेपछि यसमाथि कारवाहि भएन भने त्यसले संस्थाको बिश्वासमा संकट ल्याउँछ । राजीनामा दिएपछि कारवाही नगर्नेे हो भने त्यो ठुलो बिषय बन्न सक्छ ।

  • त्यसो भए उनले घुस लिनुको पछाडीको कस्तो अबस्था थियो होला ?

मान्छेको जिबन प्रतिको दृश्टीकोण बडो अचम्मको हुन्छ । जिबन प्रतिको दृश्टीकोण र पैसा प्रतिको धारण स्पष्ट नभएको ब्यक्ति यस्तो कार्यमा संलग्न हुन्छ । उसलाई नपुग्दो थिएन होला । पैसा प्रतिको आशक्तिले नै यो अबस्था श्रृजना भएको हो ।

  • पाठककको राजीनामा समेत आइसकेको अबस्थामा अब आयोगले के गर्नुपर्छ ?

प्रमाणका रुपमा भिडियो बाहिरिएपछि राजीनामा दिनुले अपराध स्वीकार गरेको देखाउँछ । केहि समय अघि पनि आयोगको नेतृत्वमा प्रश्न उठेको थियो । त्यसबेला देखि म संस्था नभएर नभएर ब्यक्ति खराब भएको मान्छु । अब भष्ट्राचारमा संलग्न ब्यक्तिलाई कानुनी प्रक्रिया मार्फत कारवाही गरेर आयोगले आफ्नो साख जोगाउनु पर्दछ ।

  • अख्तियारको पछिल्लो भुमिकालाई कसरी नियालि रहनु भएको छ ?

अख्तियार पछिल्लो समय सक्रिय छ । पहिला १० आठ बर्ष अगाडी जस्तो होइन अहिले अख्तियार सक्रिय छ । यस्ता घटनाले कहिलेकाँही सामान्य प्रभाब पार्न सक्छ । तसर्थ अख्तियारलाई हतोत्साहि हुन दिनु हुँदैन र अख्तियारलाई बल दिनु पर्छ ।  केहि ठुला प्रकरणमा संस्थाको सक्रिय भुमिकाले आशा जगाएको छ ।

  • नेपालमा ठुला भष्ट्राचार तथा आर्थिक अनियमितताका प्रकरणहरु किन लामो समय प्रक्रियामा रहन्छन्, आयोगमा राजनीतिक दबाब कत्तिको रहन्छ ?

नेपालको अख्तियार दूरुपयोगको इतिहासलाई हेर्ने हो भने कुनै समय आयुक्त नियुक्त नभएर सचिबले काम गर्नुपरेको इतिहाससम्म छ । र एउटा नेतृत्व खराब हुँदा तिन चार बर्षसम्म अस्तब्यस्त भएको उदाहरण हेर्न धेरै पछाडी फर्कनुपर्र्दैन । बेला बखतमा संस्था माथि समस्या श्रृजना गर्ने काम भएका छन् । अब बाँकी रह्यो दबाबको कुरा जब नेतृत्व कमजोर हुन्छ तब दबाब आउने हो । नेतृत्व बलियो छ भने कसैले दबाब दिने हिम्मत राख्दैन ।

  • नेपालमा भष्ट्राचार किन हुन्छ ?

हाम्रो जस्तो मुलुकमा यो कुनै नौलो कुरा होइन । बिश्व अर्थतन्त्रमा उदयमान चीनको अबस्थालाई आधार मान्ने हो भने पनि त्यहाँ समेत भष्ट्राचार कै कारण कडा कानून बनाइएको छ । भष्ट्राचार संसारमा छ । भष्ट्राचार नैतिकतासंग जोडिएको हुन्छ । भष्ट्राचार भनेको मानिसको ब्यबहार र दृश्टीकोण हो । ब्यक्तिगत मुल्य मान्यता, समाज र देशसंगको सम्बन्धले भष्ट्राचारको सवालमा ठुलो महत्व राख्छ । नेपालमा राजनीतिक देखि सामाजिक बाताबरण भष्ट्राचारको कारक हो । हाम्रो समाजमा पैसा भएपछि सबै थोक खरिद गर्न, सम्पुर्ण सुख भोग गर्नु सकिन्छ भन्ने मानसिकता पनि कहिँकतै बिकाश भएको पाइन्छ । तसर्थ ठिक होइन भन्ने थाहा हुँदा हुदै पनि भष्ट्राचार गरेको पाइन्छ । त्यस्तै उसले गरेको छ मैले गर्न किन नहुने भन्ने भाबना समेत केहि ब्यक्तिमा देखिन्छ ।

  • भष्ट्राचार गर्ने नगर्ने भन्ने बिषय जिबनको दर्शनसंग पनि सम्बन्धीत छ । भष्ट्राचार गर्नुका कारणहरु के–के हुन् ?

भष्ट्राचार गर्नुका धेरै कारण छन् । कसैले खान नपुगेर, कसैले आवश्यकता पुर्तीको लागि त कसैले अधिक आर्जक गर्ने उदेश्यले भष्ट्राचार गर्दछ । त्यस्तै कतिपय अबस्थामा महंगी, बढ्दो खर्च र बदलाप पुर्ण सामाजिक परिवेश पनि भष्ट्राचारका कारण हुन् । बदलाप पुर्ण सामाजिक परिवेश भनेको कस्तो भने मानिस सामाजिक प्राणि हो । समाजमा भएका क्रियाकलापमा उसले पनि सहभागिता जनाउनु पर्दछ । तर, केहि बर्ष यताको समाज हेर्ने हो भने ब्यक्तिले गर्ने खर्च देखि समाजका क्रियाकलाप र विवाह ब्रतबन्ध र पार्टी प्रबृत्तिमा समेत ठुलो परिवर्तन आएको छ । यससंग आफुलाई समायोजन गर्न पनि मानिस यस्ता भष्ट्राचार जन्य क्रियाकलापमा सक्रिय हुन सक्छ । सारमा भन्नूपर्दा समाजको अबस्था र ब्यक्तिको जिबन प्रतिको दृश्टीकोण यी दुईवटा कुराले ब्यक्तिको मानसिकतामा परिवर्तन गर्न प्रमुख भुमिका खेलेको हुन्छ ।

  • नेपालको राजनीति र राजनीतिज्ञमा भष्ट्राचार छ कि छैन ?

राजनीतिमा भष्ट्राचार छ । यसलाई दुई प्रकारले हेरौँ । पहिलो कुरा राजनीतिज्ञमा भष्ट्राचार छ । दोस्रो कुरा राजनीति स्वयंम् भ्रष्ट छ । राजनीतिक रुपमा भष्ट्राचार गर्न आफ्ना ब्यक्ति नियुक्त गर्छन् भन्ने कुरालाई पनि नकार्न सकिँदैन । हाम्रो राजनीतिक संस्कारमा केहि कुरा परिवर्तन गरिनुपर्छ । पुरानो संस्कारले केहि छिद्र बाँकी राखेको छ । जस्तै भनौ । हाम्रा राजनीतिज्ञ र राजनीतिक दलले चुनाबमा अत्याधिक पैसा खर्च गर्दछन् । त्यसको स्रोत खोज तलास र निगरानी हाम्रो देशमा हुन सकेको छैन । धेरै पैसा खर्च गरेर चुनाब जितेपछि त्यो पैसा उठाउन पनि प¥यो । अनि त्यसपछि उसको नियत अनियमितता तथा भष्ट्राचार तिर बढि देखिन्छ । त्यसकारण हाम्रो यो चुनाब गर्ने तरिका । पार्टी सञ्चालनको परिपार्टीमा आमुल परिवर्तन आबश्यक छ । यसपछि बल्ल राजनीतिमा हुने भष्ट्राचार केहि कमि होला भन्ने अपेक्षा गर्न सकिन्छ । अब रह्यो राजनीतिक ब्यक्तिका कुरा । राजनीतिक ब्यक्तिहरु जनताका प्रतिनिधिका रुपमा निर्णयक क्षेत्रमा बस्छन् । त्यसैले उनीहरुबाट भष्ट्राचारको संभाबना बढि हुन्छ । उनीहरुलाई चुनाब र पहुचका तथा पावरका लागि पैसा चाहिन्छ । निर्णायक ठाउँ तथा शक्तिमा पनि बस्ने र पैसा पनि उनीहरुलाई बढी चाहिने हुनाले ती ब्यक्तिबाट भष्ट्राचार हुने सम्भाबना बढी छ । यसमा शंका छैन ।

  • कर्मचारी तन्त्रमा भष्ट्राचार किन बढिरहेको छ ?

हो कर्मचारी तन्त्रमा पनि भष्ट्राचार छ । जब राजनीति कमजोर हुन्छ कर्मचारी तन्त्र हाबी हुन खोजि हाल्छ । ऐन ल्याउन र आयोग बलियो बनाउन नसकेसम्म कर्मचारी तन्त्रमा हस्तक्षेप गर्न कठिन छ । कारबाही प्रक्रिया पनि शसक्त ढंगले चलाउनु पर्छ । तसर्थ देश बनाउछु भन्ने राजनीतिज्ञले त्यसको नियन्त्रण गर्नु पर्दछ ।

  • अन्तिममा, भष्ट्राचार नियन्त्रण गर्न के गर्नु पर्छ ?

पहिलो कुरा नीति नियम बनाएर कार्यान्वयन गर्नु पर्दछ । भष्ट्राचार रोकिँदैन भइरहन्छ र कारवाही सक्रियताका साथ गर्नु पर्छ । कारवाही सक्रियता पुर्वक गर्न सके भष्ट्राचार क्रमिक रुपले घट्दै जान्छ । दोस्रो, त्यस्तै देशमा भष्ट्राचारीका लागि स्थान छैन । कारवाही हुन्छ भन्ने लहर स्थापीत गर्न सकियो भने र सामाजिक दबाब श्रृजना गर्न सकियो भने भष्ट्राचार घटेर जान्छ ।तेस्रो, बिधालयबाट यो अभियान सुरुवात गरिनुपर्छ । त्यसपछि बालबालिका स्वयम्ले बाबु आमाका क्रियाकलापको निगरानी गर्न थाल्छन् र घरबाटै दबाब श्रृजना हुन्छ । त्यसपछि यस्ता कार्य गर्न उद्धत हुनेहरु सामाजिक रुपले निरुत्साहित हुन सक्दछन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE