आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोेग गर्नुपर्छः सभामुख सापकोटा
आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोेग गर्नुपर्छः सभामुख सापकोटा
१३ जेठ, काठमाडौं– सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई केन्द्रमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् ।
संविधान र कानुनविद्हरुसँग प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ सार्वभौम अधिकार प्रयोग गर्न सक्ने बताउनुभएको हो । संसद विघटन असंवैधानिक भएको बताउँदै आउनुभएका सभामुख सापकोटाले संविधानको अवमूल्याङ्कन स्वीकार्य नहुने बताउनुभयो।
‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भन्नुभया ।
उहाँले प्रत्येक घण्टामा आइपर्ने परिस्थिति अनुसार अघि बढ्ने बताउनुभयो । त्यसका लागि पार्टीहरुसँग पनि छलफल गर्ने उहाँले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE