Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

उपत्यकामा निषेधाज्ञा बैशाख २९ सम्म लम्ब्याउने निर्णय

२१ वैशाख, काठमाडौँ – उपत्यकामा आगामी बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा थप हुने भएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

एक साताका लागि पुनः थप गरिएको निषेधाज्ञा थप कडा पारिने बैठकले निर्णय गरेको छ । अब,पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ । यसअघि बिहान ५ देखि १० बजेसम्म कायम गरिएको थियो ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । साथै, यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: