Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

जिल्ला स्तरीय अपाङ्ग दिवस र अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्चितितता भन्ने मुल नाराको साथ अपाङ्ग भएका ब्यक्तिहरुको २७ औ अन्तराष्ट्रिय  दिवस सम्पन्न भएको छ । सो अवसरमा बागलुङमा प्रभात फेरि  सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई  अपाङ्गमैत्री वातावरण हुनु पर्ने, अपाङ्गता भएकाहरुलाई राज्ले जुन किसिमको सहयोग दिनु पर्ने हो सो अनुसार नर्भएको सहभागीहरुको गुनासो रहेको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय ईन्द्रराज साप्कोटाले सबै क्षेत्रमा राज्यको पुनसंरचना गरि काम गर्नु परेको भएपनि अपाङ्गताको क्षेत्रमा उल्लेखनिय कार्य गरिनु पर्ने भयकोले गंभिर भयर आफु लागि पर्ने बताउनु भयो।

कार्यक्रममा बिशिष्ठ अतिथि नागरीक समाज तथा गैससका अभियान्ता सिताराम थापा र केबि राना मगरले राज्य र स्थानिय निकायले अपाङ्गतामैत्री सहयोग, रणनिति निर्माण र अपाङ्गहरुको सशक्तिकरण समाबेशि पहुच, बजेट बिनियोजन र प्रथाकिकता दिनु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा नेकपाका जिल्ला प्रतिनिति ज्ञामनाथ गैरे अनिलले समाबेशि हक सुनिश्चित गर्न समाबेशि सिदान्तको आधारमा काम गर्न सघाउने बताउनु भयो।  स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य प्रशासक दिपक तिवारी र शिक्षा ईकाईको प्रमुख कुश्मिराज सुबेदीले आफ्नो कार्यालयबाट नगर र गाउपालिका संग मिलेर नीति अनुसारको सेवा प्रवाह गर्ने बताउनु भयो।  अपाङ्गता भयका ब्यक्तिहरुको जिल्ला संजाल र अपाङगता भयका ब्यक्तिहरुको बागलुङ नगर संजालको आयोजनामा सबै खाले अपाङ्गता भएकाहरु मिलि सो कार्यक्रमको आयोजना गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE