Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

दलित वस्तीका ६ सहाराविहीन बालिका एसओएसको सहारामा

८ असोज
काठमाडौँ – बैतडीको दरशथ चन्द नगरपालिका– १०, सतपाली गाउँको दलित वस्तीका छजना असहाय दिदीबहिनीका बारेमा समाचार प्रकाशित भएपछि बालबालिकाले शिक्षा र सुरक्षासहितको संरक्षण पाएका छन् । बालबालिकालको शिक्षा र सुरक्षाको जिम्मेवारी एसओएस बालग्राम नेपाल, बनेपाले लिएको छ । बिहीबार छजना असहाय बालबालिलाई बैतडीबाट काठमाडौं पठाइएको छ । बालकालिकालाई बैतडीबाट काठमाडौं लैजान एसओएस बालग्राम नेपाल बनेका निर्देशक सुरेन्द्र अमगाईं गाडी रिजर्ब गरेर बैतडी पुग्नुभएको थियो । बालबालिकाको शिक्षा, सुरक्षा र सम्पूर्ण भविश्यको जिम्मेवारी लिदैं एसओएस बालग्राम नेपालका निर्देशक सुरेन्द्र अमगाईंले बैतडीका छजना असहाय दिदीबहिनी अब बालग्राम नेपालको छोरी भएको बताउनुभएको छ ।

छ जना दिदीबहिनीको घरको कथा

बैतडीको दशरथचन्द नगरपालिका –१०, सतपाली गाउँ भारतसँग सीमा जोडिएको बस्ती हो । महाकाली नदीले नेपाल–भारतको सिमाना छुट्याएको नेपाली वस्ती सतपाली गाउँँका अधिकांश नागरिकको साईनो सम्बन्ध मात्र होईन शिक्षा र उपचार गर्नसमेत भारत जानुपर्ने बाध्यता छ । यही वस्तीका राजुराम लावड तीन वर्षअघि बिरामी पर्नुभयो । औषधि लिन्छु भनेर भारतको पिथौरागढ गएकी श्रीमति मीनादेवी लावड घर फर्किनन् । औषधि खान नपाएर यता श्रीमान्को मृत्यु भयो । घरमा एक वर्षदेखि ११ वर्षसम्मका छजना दिदीबहिनी मात्र थिए । मृतक राजुराम लावडको छिमेकीले सदगति गरे ।

घरमा रहेका छजना छोरी निलम लावड ९हालः १४ वर्ष० त्यो बेला जम्मा ११ वर्षकी थिइन् । सबैभन्दा कान्छी छैटौं बहिनी माया एक वर्षकी थिईन् । भोक र पीडाले छट्पटिदैं बालबालिकाले कयौंदिनसम्म आमाको बाटो कुर्दै महाकाली पारि आँखा डुलाईरहे तर, आमा फर्किनन् । अहिलेसम्म आमा कहाँ गईन रु अत्तोपत्तो छैन ।
हालः निलम लावड ९१४ वर्ष० ईन्द्रा लावड, ९१२ वर्ष० पार्वती लावड ९११ वर्ष० लीला लावड ९ नौ वर्ष०, बिन्दु लावड ९छ वर्ष० र माया लावड ९चार वर्ष० पुग्नुभएको छ ।

यसरी भयो उद्धार

गोरखापत्रमा समाचार प्रकाशित भएपछि बालबालिकालाई थुप्रै ठाउँबाट आर्थिक सहयोग जुटे पनि बालबालिकाको शिक्षा र सुरक्षाको विषय चुनौतीका रुपमा थिायो ।

बालकालिकाको शिक्षा र सुरक्षाको जिम्मेवारी लिईदिन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापा, उप मेयर मीना चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति नवीन थापा लगायतले महत्वपूर्ण सहयोग गरेको शदरथ चन्द नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक विनोद चन्दले बताउनुभयो ।

दुरदराजको गाउँमा बसेका असहाय बालबालिकाको बारेमा सर्वप्रथम गोरखापत्रले समाचार प्रकाशित गरेर सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाल टेलिभिजन, कान्तिपुर लगायतका सञ्चार माध्यमले पनि पीडा बाहिर ल्याएकोमा सबै सञ्चारमाध्यको प्रशंसा गर्नुभएको छ ।याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE